कर्णाली प्रदेश कप टी–२० क्रिकेटः जाजरकोट र सल्यान विजयी
प्रकाशित मितिः १२ पुष २०७५, बिहीबार १८:३२
सुर्खेत । कर्णाली प्रदेश कप टी–२० क्रिकेटः जाजरकोट र सल्यान विजयी रुकुम पश्चिममा जारी कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगितामा बिहिबार जाजरकोट र सल्यान विजयी भएका छन् । पहिलो जित हासिल गर्ने क्रममा जाजरकोटले जुम्ला र सल्यानले कालिकोटलाई पराजित गरेको हो ।
जिल्लाको चौरजहारीमा बिहिबार बिहान भएको प्रतियोगीताको दोस्रो खेलमा जाजरकोटले जुम्लालाई ४९ रनले पराजित गर्यो । टस हारेर ब्याटिङको निम्तो पाएक









