ओलम्पिकमा नेपाली खेलाडीले कस्तो खेले ?
			      
						
प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार ०९:५६ 
		
		
		
			ब्राजिलको रियो दि जेनेरियोमा भइरहेको ओलम्पिक खेलमा भाग लिन गएका गएका नेपाली खेलाडीहरु पदविहिन भएर फर्किने भएका छन् ।
अहिलेसम्म खेल खेलिसकेका ५ खेलाडी पदविहीन भएर बाहिरिसकेका छन् । ब्राजिलको रियो ओलम्पिकका भाग लिन भन्दै ७ खेलाडी ब्राजिल पुगेका थिए । तर खेलाडी भन्दा बढी पदाधिकारी गएको भनी आलोचना पनि भएको थियो ।
नेपाली खेलाडीहरु पदविहिन भए पनि ओलम्पिकमा भाग लिनुलाई ठूलो उपलब्धिका रुपमा लिइएको छ ।		
		
	



