मुसिकोटडाँडाले आम्दानी गर्दै
प्रकाशित मितिः १६ फाल्गुन २०७४, बुधबार १७:३२
रूकुम । पर्यटकीय क्षेत्रको रूपमा विकासित मुसिकोट डाँडाको आम्दानी बढ्दै गएको छ । मुसिकोटडाँडामा घुम्न आउनेहरूबाट मुसिकोटडाँडा उद्यान समितिले रकम संकलन गर्दै आएको छ ।
भदौ महिनादेखि थालिएको उक्त अभियानबाट हालसम्म ५३ हजार सात सय ३५ रुपैयाँ संकलन भएको छ । उनका अनुसार शुल्क लिन थालिएको भदौ महिनामा चार हजार छ सय ४०, असोज महिनामा नौ हजार पाँच सय ७०, कात्तिकमा आठ हजार नौ सय ६०, मंसिरमा आठ हजार आठ सय








