पहिचान संरक्षणको प्रतीक बन्यो ‘थारु होमस्टे’
प्रकाशित मितिः ५ माघ २०७३, बुधबार १५:१७
भीमदत्तनगर । भीमदत्तनगरपालिका–१६ नयाँबस्तीका १७ वर्षीया सोमन राना आफ्नो समुदायका महिलाले लगाउने वेशभूषा ९अंगिया, घङ्रीया र उडनिया० बारे दुई वर्षअघिसम्म अनभिज्ञ थिए।
कञ्चनपुरको भीमदत्तनगरपालिकाको सरस्वती उच्च माविमा अध्ययनरत १७ वर्षीया सोमनले भने – ‘हाम्रो समुदायमा त महिलाले लगाउने गहनाकै प्रकार देखेर म आफै चकित छु ।’ नयाँबस्तीमा गत वर्षदेखि सञ्चालनमा आएको नेपालमै पहिलो राना थारु सामुदायिक








