
लोप हुँदै मौलिक परम्परागत गहना
प्रकाशित मितिः १५ भाद्र २०७६, आईतवार १३:४७
सल्यान : आधुनिकतासँगै सल्यानमा स्थानीय मौलिक गहना लोप हुँदै गएका छन्। जिल्लामा महिलाले लगाउने बुलाकी, मारावाडी, पाते सुन, बालाजस्ता पुराना एवं परम्परागत तरिकाले बनाइएका गरगहना लोप हुँदै जान थालेका हुन्। अहिले जिल्लाका शहरी क्षेत्रमा बस्ने महिलाले मात्र नभइ अधिकांस ग्रामीण भेगका महिलाले पुराना गहना लगाउन छोडेका छन्।
महिलाले पनि यस्ता गहना छोडेर ब्रासलेट, नेकलेसजस्ता आधुनिक डिजाइनका लगाउन थालेका का