☰ open Loading... 26 April 2025|  

Tag: रुकुम

बेलिब्रिज जीर्ण हुँदा जोखिम मोलेर आवतजावत गर्न बाध्य

बेलिब्रिज जीर्ण हुँदा जोखिम मोलेर आवतजावत गर्न बाध्य

    प्रकाशित मितिः २९ फाल्गुन २०७३, आईतवार १०:२०
रुकुम । एघार वर्ष पहिले निर्माण गरिएको मुसिकोट नगरपालिका–५ सोलावाङ र बैरागीठाँटीबीच खोलामा रहेको बेलिब्रिज जीर्ण बन्दै गएको छ । विसं २०६२ मा नेपाली सेनाले निर्माण गरेको उक्त बेलिब्रिज लामो समयसम्म पनि मर्मत नहुँदा जीर्ण बन्दै गएको हो । अहिले जीर्ण बेलिब्रिजमा जोखिम मोलेर यातायातका साधन आवतजावत गर्न बाध्य छन् । दैनिक सयभन्दा बढी साना, ठूला सवारीसाधन ओहोरदोहोर गर्ने यस बेलिब्रिजको सतहमा रहेका
साठी घर वादी परिवार घरबासविहीन

साठी घर वादी परिवार घरबासविहीन

    प्रकाशित मितिः २० माघ २०७३, बिहीबार १२:४२
रुकुमको रुघाँ–२ का खर्के वादीको परिवार सार्वजनिक ठाउँमा बनाएको सानो छाप्रोमा बस्न थालेको करिब ४० वर्ष पुग्यो । आफ्नो घर र घर बनाउनका लागि जमिन नहुँदा ४० वर्षदेखि उनको परिवार सार्वजनिक ठाउँमा बनाएको सानो छाप्रोमा बस्दै आएको छ । दैनिक अर्काको काम गरेर जीविका सञ्चालन गर्दै आउनुभएका उहाँले अहिलेसम्म घरबास बनाउन सक्नुभएको छैन । उहाँजस्तै जिल्लामा ६० घर वादी परिवार घरबासविहीन रहेका छन् । जिल्लाक
दुर्घटनामा दुई जना गम्भीर घाइते

दुर्घटनामा दुई जना गम्भीर घाइते

    प्रकाशित मितिः १७ माघ २०७३, सोमबार १६:२५
सहायक प्रमुख जिल्ला अधिकारीको मोटरसाइकलले ठक्कर दिँदा रुकुममा दुईजना गम्भीर घाइते भएका छन् । मुसिकोट नगरपालिकाको ठारढुङ्गामा रहेको आफ्नो घरबाट आज बिहान कार्यालय आउँदै गर्दा सहायक प्रजिअ शेरबहादुर पुन चढेको रा १ ब २४९ नंको मोटरसाइकलले ठक्कर दिँदा मुसिकोट नगरपालिका–६ का ५५ वर्षीय लोकबहादुर खत्री र सल्यान बाक्चौर की १० वर्षीया भविता पुन घाइते भएका हुन् । घाइते खत्रीको टाउको, ढाड र खुट्टामा गहि
घर भत्कँदा बालकको मृत्यु

घर भत्कँदा बालकको मृत्यु

    प्रकाशित मितिः १५ माघ २०७३, शनिबार १९:१३
रुकुमको भलाक्चा गाविसमा आज दिउँसो घर भत्कँदा एक बालकको मृत्यु भएको छ । भलाक्चा–९ लहुँका दलबहादुर परियारको घर भत्कँदा उनका छ वर्षीय छोरा वीरबहादुर परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घर भत्कँदा बालकको टाउको र छातीमा चोट लागेको थियो । शुक्रबार दिनभरी परेको पानी घरमा चुहिएर घर भत्केको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घरका अरु मानिसहरु बाहिर रहेको भएपनि उनी घर नजिकै रहेकाले घर भत्
खलोप्रथा त्याग्दै दलित

खलोप्रथा त्याग्दै दलित

    प्रकाशित मितिः ९ माघ २०७३, आईतवार १४:२५
रुकुमकोट ३ का ५९ वर्षीय भद्रबहादुर विकले आरनमा काम गर्न थालेको ४३ वर्ष भयो । विकले १६ वर्षको उमेरदेखि निरन्तर परम्परागत आरनमा काम गर्दै आएका छन् । ३८ वर्षसम्म निरन्तर खलोप्रथाबाट आरन सञ्चालन गरेका विक २०६९ सालयता ज्यालामा आरन चलाउँछन् । खलोमा भन्दा ज्यालामा आफूलाई सम्मान महसुस भइरहेको विकले बताए । सोही ठाउँका कुलबहादुर विकले खलो माग्न छाडेको ५ वर्ष पुग्नै लाग्यो । उनका अनुसार आरनमै पुगेर ग्राह
दुई करोडमा आठवटा झोलुङ्गे पुल

दुई करोडमा आठवटा झोलुङ्गे पुल

    प्रकाशित मितिः २६ पुष २०७३, मंगलवार ११:०१
रुकुम । पहाडी जिल्ला रुकुममा गत आवमा मात्र आठवटा नयाँ झोलुङ्गे पुल निर्माण भएका छन् । जिल्ला विकास समिति, जिल्ला प्राविधिक कार्यालय, गाविसलगायतका निकायको आर्थिक सहयोगमा जिल्लाका विभिन्न ठाउँमा झोलुङ्गे पुल निर्माण भएका हुन् । सरकारले तुइनलाई विस्थापित गरेर सबै ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने कार्यक्रम सुरु गरेपछि जिल्लामा गत आवमा मात्र आठवटा झोलुङ्गे पुल निर्माण भएको जिल्ला विकास समिति रु
चार महिनादेखि दर्जन गाविस सञ्चारविहीन

चार महिनादेखि दर्जन गाविस सञ्चारविहीन

    प्रकाशित मितिः १६ पुष २०७३, शनिबार १३:२२
रुकुम । पूर्वी रुकुमको हुकाम २ का सुविन्द्र घर्ती आफन्तसंग फोन गर्नका लागि रुकुमकोट गाविसमा झर्न थालेको चार महिना भयो । विदेशमा रहेका आफ्ना दाजु र अन्य आफन्तलाई फोन गर्न गाउ‘बाट समस्या भएपछि उहाँलाई फोन गर्नकै लागि पनि एक दिनको बाटो हिँडेर रुकुमकोट जानुपर्ने बाध्यता छ । उहाँमात्र होइन, पूर्वी रुकुमका १२ गाविसमा चार महिनादेखि मोबाइल सेवा बन्द भएपछि स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलको सेवा
सार्वजनिक खानेपानीका धारा हराउँदै

सार्वजनिक खानेपानीका धारा हराउँदै

    प्रकाशित मितिः ३ पुष २०७३, आईतवार १९:४०
सार्वजनिक खानेपानीका धारा लोप हुँदै जान थालेका छन् । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले गत वर्षदेखि सार्वजनिक धारालाई विस्थापन गरेर एक घर एक धारा बनाइदिन थालेपछि सार्वजनिक धारणा बनाउनै छाडिएको छ । सबैलाई खानेपानीको पहुँचमा पु¥याउन र सरकारको लगानीलाई सही सदुपयोग गर्नका लागि सार्वजनिक धारालाई विस्थापन गरेर एक घर एक धाराको अवधारणा सुरु गरिएको कार्यालय प्रमुख विकेश बधानथाछेले बताए ।