☰ open Loading... 26 April 2024|  

दैलेखमा कुन दलको कती भोट ? यस्तो छ अङ्कगणितः
  | २८ आश्विन २०७४, शनिबार १८:४६

दैलेख जिल्लामा ११ वटा स्थानीयतहहरु रहेका छन् । यसअघि भएको स्थानीय तहमा नेकपा एमालेले ३ नगरपालिका सहित ७ स्थानीय तह जितेको थियो भने काँग्रेसले १ नगरपालिकासहित ४ स्थानीय तह जितेको थियो माओवादी केन्द्र र अन्य साना दलहरुले कुनैपनि स्थानीय तह जित्न सकेनन् ।

 

हाल प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिदै गर्दा दलहरुले जोड घटाउ शुरु गरिसकेका छन् । यहि मत परिणामलाई आधार मान्दा आगमी मंसिरमा हुन गइरहेको प्रदेश र प्रतिनिधिसभामा दलहरुले आ–आफ्नो दाबी गर्न थालेका छन् । रोचक केछ ? अहिले देशको राजनीति दुइ धुव्रमा विभाजित भएको छ । एकातिर वाम गठबन्धन भने अर्कोतिर लोकतान्त्रिक गठबन्धन यसले देशको राजनिति तरगिंत बनाइदिएको छ । हुन त दैलेख जिल्लामा गत बैशाखमा भएको स्थानीय तह निर्वाचनलाई हेर्दा मुख्यगरी एमाले र काँग्रेस विजयी भएका छन् भने माओवादीले कुनै स्थानीय तहपनि जित्न सकेन् यता राप्रपाले र मजदुर पनि केहि स्थानीयतहका वडाहरु जितेका छन् ।

प्रदेश प्रतिनिधिसभामा कुन पाटीले बाजी मार्ला यस्तो छ अङ्कगणित ।  

स्थानीय तहमा जिल्लाभर नेकपा (एमाले) ले ३८ हजार ५ सय २२ मत प्राप्त गरेको छ । भने ३७ हजार ५ सय ६१ नेपाली काँग्रेसको पक्षमा रहेको छ । माओवादी केन्द्रले कुनैपनि स्थानीय तह जित्न नसकेपनि उसको पक्षमा ११ हजार ५ सय ३२ मत रहेको छ । भने राप्रपासँग १६ सय ७२ मत रहेको छ । राप्रपाले केहि स्थानीयतहका वडाहरु जितेको छ । मजदुर किसान पाटीको पक्षमा ४ हजार ९ सय ४३ मत र जनमोर्चाको पक्षमा ४ सय ८ मत प्राप्त गरेको थियो ।

स्थानीय तहमा प्राप्त मतलाई आधारमा मान्ने हो भने  वाम गठबन्धनको भोट ५० हजार हुन पुग्छ भने लोकतान्त्रिक गठनबन्धनको ४० हजार मत रहेको देखिन्छ । लोकतान्त्रिक गठबन्धन भन्दा वाम गठन बन्धन १० हजार मतले अघि छ । यसलाइ आधारमा हेर्दा समग्र जिल्लाभरमा लोकतान्त्रिक गठबन्धन वाम गठबन्धनभन्दा कमजोर देखिन्छ । स्थानीय तहमा मात्र मत लाई मान्ने हो र दैलेखका प्रतिनीधि सभा र सबै प्रदेश सभामा बामगठबन्धनले बाजी मार्ने देखिन्छ । अहिले ७ हजार ९ सय मतदाता दैलेखमा थपिएका छन् ।