☰ open Loading... 6 May 2024|  

गाइजात्राका ६ तस्वीर
  | ३ भाद्र २०७३, शुक्रबार ११:०५

ज्वाला क्लव र भगवती क्वल दैलेखको संयुक्त आयोजनामा शुक्रबार गाइजात्राको अवसरमा प्रर्दशन गरेको झाँकी ।

21

दिवङ्गत आफन्तको सम्झनामा गाईको प्रतीक बनाएर देशका विभिन्न स्थानमा गाईजात्रा’ पर्व मनाउने गरिन्छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न कार्यक्रमको आयोजना गरिन्छ ।

22

दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसो गरेमा दिवङ्गत आत्माले शान्ति पाउने जनविश्वास छ ।

23

यसरी नगर परिक्रमा गर्नाले मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी नदी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । यही विश्वासमा मल्लकालदेखि आजका दिनसम्म देशका विभिन्न भागमा यो पर्व मनाउन थालिएको हो ।

24

पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई शान्त्वना दिन राजा प्रताप मल्लले दुनियाँले पनि यस्तै शोक बेहोरेका छन् भन्ने देखाउन “जनतालाई आ–आफ्ना परिबारमा मरेका व्यक्तिका संझनामा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू” भनी आदेश दिएकाले त्यसैबेलादेखि यो पर्व मनाउन थालिएको इतिहासमा उल्लेख छ ।

25

26

तस्वीर सौजन्य विशाल सदाशंकर