☰ open Loading... 23 October 2024|  

संसारकै प्रभावशाली सम्पादक बने फेसबुक निर्माता जुकरबर्ग
  | २४ भाद्र २०७३, शुक्रबार १८:३२

सामाजिक सञ्जाल फेसबुकले चर्चित भियतनाम युद्धको एउटा फोटो र सम्बन्धित सामग्रीहरु हटाएपछि फेसबुकका संस्थापक मार्क जुकरबर्ग आलोचनाको पात्र बनेका छन् ।

नर्वेजियन पत्रिका आफनपोष्टनका सम्पादकले जुकरबर्गलाई खुलापत्र लेख्दै फेसबुकको पछिल्लो कदमले आफू निकै दुःखी भएको र सञ्चार स्वतन्त्रतामाथि फेसबुकको प्रभावले चिन्तित समेत बनेको उल्लेख गरेका छन् ।

jukbar
प्रयोगकर्तालाई त्यसको भिन्नता छुट्ट्याउने अवसर समेत नदिएको आरोप लगाएका छन् ।

एस्पेन एगिल हान्सेनका अनुसार फेसबुकले आफनपोष्टनलाई इमेल पठाई भियतनाम युद्धसँग सम्बन्धित फोटो तथा लेख हटाउन आग्रह गरेको थियो । तर त्यसको प्रतिक्रिया दिन नपाउँदै फेसबुक आफैले आफनपोष्टनको फेसबुक पेजबाट सो सामाग्री हटाइदियो । हान्सेनले आफ्नो पत्रमा फेसबुकले चर्चित युद्धको फोटो र बाल यौन दुराचार नछुट्टिने खालको नियम सिर्जना गरेको र प्रयोगकर्तालाई त्यसको भिन्नता छुट्ट्याउने अवसर समेत नदिएको आरोप लगाएका छन् ।

वाफमा फेसबुकले भनेको छ – फेसबुकले फोटो प्रतिष्ठित हो भन्ने पहिचान गर्छ तरपनि कुन सन्दर्भमा नाङ्गो बच्चाको फोटो पोष्ट गर्न दिने र कुन सन्दर्भमा रोक लगाउने भन्ने विषय निक्र्यौल गर्न निकै अप्ठ्यारो छ । हामीले खोजेको समाधान सधैँ सहिनै हुन्छ भन्ने नहोला तर सकेसम्म विश्व समुदायको सम्मान र सुरक्षालाई ध्यानमा राख्ने प्रयास गरिएको छ ।

यस्तो सवाल जवाफ तब सुरु भयो जब नर्वेजियन लेखक टम एजल्याण्डले भियतनाम युद्धका फोटोहरु श्रृंखलावद्ध ढंगमा पोष्ट गर्न थाले । फेसबुकले नाङ्गो बालिकाको एउटा फोटो हटाइदियो र पछि एजल्याण्डले फोटो हटाइएको बारे प्रतिक्रिया दिएपछि फेसबुकले उनको अकाउन्ट बन्द गरिदियो ।

अफनपोष्टनले यो बारेमा फेसबुकमा एउटा लेख प्रकाशन गर्‍यो जुन पछि फेसबुकले हटाइदियो । हान्सेनले जुकरबर्गलाई संसारको सबैभन्दा शक्तिशाली सम्पादक भएको भन्दै लेखेका छन् ‘फेसबुकले आफ्नोबारेमा भएका आलोचना तथा निर्णयमाथि भएका बहसहरु समेत सेन्सर गर्छ । ’ फेसबुकले केही समयअघि आफ्नो साइट मिडिया नभई प्राविधिक कम्पनी भएको बताएको थियो ।

स्रोत उज्यालो