☰ open Loading... 26 April 2024|  

दैवी प्रकोप उद्धार सामग्री हस्तान्तरण
  | २८ भाद्र २०७३, मंगलवार १९:१४

विपद्को समयमा आवश्यक पर्ने विभिन्न सामाग्रीहरु दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरिएको छ । दलित विकास समाज सल्यानद्धारा संचालित पहल कार्यक्रम अन्तरगत समितिलाई ति सामग्री हस्तान्तरण गरिएको हो ।

पहल कार्यक्रमका जिल्ला संयोजक गोकर्ण देवकोटाले सल्यानका प्रमुख जिल्ला अधिकारी एवं दैवी प्रकोप उद्धार समितिका अध्यक्ष दुर्गादत्त पौडेललाई विपद्को समयमा आवश्यक उद्धार सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् ।

विपद्को बेला आवश्यक त्रिपाल २५ थान, नाइलन डोरी २ सय ५० मिटर, प्लाष्टिकका डोरी २५ रोल, कम्बल ५० थान, प्लाष्टिक गुन्द्री ५० थान, डेक्ची ७५ थान, डाडु, पन्यु २५÷२५ थान, थाल ७५ थान, कचौरा ७५ थान, २० लिटर पानी अटने जर्किन २० थान छन् ।

यस्तै, महिलाका लागि धोती २५ थान, पुरुषका लागि कपडा १ सय २५ मिटर र बालबालिकाका लगि कपडा १ सय ७५ मिटर रहेको कार्यक्रम संयाजक पौडेलले जानकारी दिए ।

खोज तथा उद्धारका लागि आवश्यक पर्ने हेलमेट ५ थान, आलमुनियम भ¥याङ १ थान, वेल्चा ५ थान, क्यारावाईनर ३ थान, म्याट्टेस २ थान, वन्चरो २ थान, हेम्वर १ थान गैंटी २ थान, प्राथमिक उपचार किड १ थान लगायका सामग्री छन् ।

दैवि प्रकोप उद्धार समितिलाई प्राप्त भएका सामाग्रीहरु समितिकै मातहतमा रहने गरी गैर खाद्य सामाग्री जिल्ला प्रशासन कार्यालय राखिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उनका अनुसार खोज तथा उद्धार सामाग्री नेपाली सेनाको भैरव प्रसाद दल गण सिमखर्क ब्यारेकमा राखिने जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पौडैलको अध्यक्षतामा भएको वैठकमा आर्थिक वर्ष २०७२।०७३ मा प्रकोपमा परेकालाई २ लाख ९८ हजार रुपैयाँ उपलव्ध गराएको बताइएको छ ।