☰ open Loading... 3 May 2024|  

पुख्र्यौली पेशा छोड्दै वादी समुदाय
  | १२ आश्विन २०७३, बुधबार ०८:४०

जिल्लाको उत्तरी पश्चिमी क्षेत्रका बादी समुदायका महिलाहरु आफ्नो माग्ने पेशा छाडेदै ज्याला मजदुरीका अन्य कामहरु गर्नमा अग्रसर भएका छन् । देवस्थल गाविस वडा ९ र मुलखोला गाविसको वडा ८ मा बसोबास गर्दै आएका बादी समुदायका परिवार माछा मार्ने, मादल निमार्ण गर्ने र मागेर लैजिम गुजरा गर्दै आएका थिए ।

badhai-samudaya

पुख्र्यौली पेसाले गास, वास, कपासको र अन्य आवश्यकता परिपुर्ति गर्न नसेकेपछि आफुहरु मजदुरी गर्न लागेको माघी बादीले बताईन् । विकास निमार्ण तथा सिँचाई कुला, पुलहरुमा उनीहरु काम गर्नमा अग्रसर भएका छन् ।

‘श्रीमानहरु पनि पुख्र्यौली पेशा छोड्दै अन्य काम गर्नुहुन्छ हामी पनि ज्यामीको काम गर्दै गुजरा चलाउँदै आएका छौं ।’ माघीले भनिने ।

बन्गाडखोलामा दिनभर गिट्टी कुटीरहेकी चिनी बादीका अनुसार दिनभर कुटेको गिट्टीबाट पाँचसय आम्दानी हुने गरेको छ ।

काखे बालक समेत बोकेर यो समुदायका दिनभर गिट्टी कुटिरहेका भेटिन्छन् । मजदुरी गरेर कमाएको पैसाले बालबाविकाको पढाई खर्च, औषधी, चाडपर्व र दैनिक टार्नमा समेत टेवा पुगेको उनीहरुको भनाई छ ।

विपन्न तथा गरिव परिवारका बादी समुदायका लागि सरकारले केही नगरेको बादी समुदायहरुको गुनासो छ ।