☰ open Loading... 22 October 2024|  

राजा वीरेन्द्रको शालिक राख्दा नेपालगञ्जमा तनाव
  | १६ भाद्र २०७३, बिहीबार १४:१३

NPJ

हिन्दुवादी र राजावादीको समूहले नेपालगञ्जको वीरेन्द्र चोकमा पूर्व राजा वीरेन्द्रको सालिक राखेपछि प्रहरीले लाठिचार्ज गरेको छ ।

लाठीचार्जपछि तनावपूर्ण बनेको नेपालगञ्जको अवस्था अहिले भने सामान्य भएको छ । बजारमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

हिन्दुवादी र राजावादीहरुको समूहले बीरेन्द्रचोकमा नाराबाजी गरिरहेका छन् ।

राप्रपा नेपाल जिल्ला अध्यक्ष ऋषी देवकोटाको नेतृत्वमा पार्टीका कार्यकर्ताहरु, शिव सेना नेपालसँग आवद्ध युवाहरु र विद्धत परिषद आवद्ध कार्यकर्ताहरुले सालिक राखेका थिए ।

२०६२र२०६३ को जनआन्दोलनको क्रममा आन्दोलनकारीहरुले वीरेन्द्र चोकमा रहेको पूर्व राजा वीरेन्द्रको पूर्णकदको सालिक तोडफोड गरी हटाएका थिए । सोही स्थानमा आज अर्धकदको सालिक राखिएको हो ।

 स्रोत ईकान्तिपुर