☰ open Loading... 19 May 2024|  

रोकियो बालविवाह
  | २० आश्विन २०७३, बिहीबार १८:३७

नेपालीको महान विजया दशमीको दिन नजिकै गर्दा दैलेख पिपलकोट गाविसकी ४५ बर्षिया जुना शाहीमा जति हर्ष उल्लास छाएको थियो । त्यति नै निराशा छाएको छ । दशै सँग बुहारी भित्राई मिठो खानेकुरा बुहारीले पकाएको खाना खाने जुनाको सपना एकाएक स्वाहा भयो । घरमा विवाहको लागि गेट,खसी चामल, आवश्यक पर्ने सरसमान जोडन आफन्त व्यस्त थिए ।

त्यतिखेर विवाहको लागि उमेर नपुगेको भन्दै राष्टिय बाल संरक्षण प्रदेश नम्बर छ का संयोजकले उमेर नपुगेकोले विवाह रोक्न टेलिफोन गरे । विवाहको खुशी साट्न आफन्तहरुमा एका एक तनाब छायो ।

child-marriage

नाम परिर्वतन गरिएको करण र रिनाको हनिमुन मनाउने प्याँस छताछुल्ल भयो । विहेवारी २० वर्ष वारी नारालाई आफन्त स्वीकार गरे दुवै केटा केटी पक्षको सहमति मै उनीहरुको बालविवाह रोकियो । दुलाहाको उमेर १६ वर्षको थियो भने दुलहीको उमरे १५ बर्ष ।

दुलहा र दुलहीका आफन्तको समझदारी अनुसार नै विवाह गर्ने उमेर नपुगुन्जेल सम्म केटीलाई माइती पुर्याएका छौं दुलाहाका दाई दिलिप शाहीले टेलिफोनबाट जानकारी दिए ।

जिल्लामा केही समय अगाडी बालविवाह बृद्धि हुदै गएका थिए । बालविवाहलाई जिल्लाका विभिन्न गाउँमा गठित बालक्लवले गाउँमा “विहेवारी २० वर्षपारि” अभियानलाई सडक नाटक मार्फत जनचेतना जगाउँन थालेपछि न्युनीकरण हुदै गएको राष्ट्रिय वाल अधिकार संरक्षण संजाल नेपाल प्रदेश नं. ६ का संयोजक एवम् सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए ।

बालविवाहले गर्दा पढाई प्रभावित हुने,जसले परनिर्भर हुनुपर्ने,सम्बन्ध विच्छेदका घटना बढने नकारात्मक समाजको निर्माण हुन थालेपछि हामीले गाउँ बस्तीमा बाल क्लव परिचालन कानुनको बारे चेतना जगाई बाल विवाह न्युनीकरणमा लागेका छौं उनले थपे ।

सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख द्धारा सेभ द चिल्डेनसँगको साझेदारी सञ्चालित सहयात्रा परियोजना सञ्चालन पछि छ वटा बालविवाह रोकिएका सोसेकका परियोजना संयोजक रत्नबहादुर बुढाले बताए ।

परियोजनाले दैलेखको राकमकर्णाली १, पिलाडी ३ लालिकाँडा १ र पादुका २ गाविसमा गाउँ बाल संरक्षण तथा सर्वद्धन उपसमिकिो तथा बालक्लवको सक्रियताले बालविवाह रोकिएको बुढाले दाबी गरे ।