☰ open Loading... 24 October 2024|  

उपभोक्ता समितिमा बस्न लालपुर्जा चाहिने
  | ७ कार्तिक २०७३, आईतवार १४:५५

लालपुर्जा कहाँ प्रयोग हुन्छ । सामान्यतया, घरायसी काम वा सरकारी काममा प्रयोग हुन्छ तर, दैलेख जिल्ला विकास समितिले जिल्ला हुने विकास निर्माण गठन हुने उपभोक्ता समितिमा बस्दा समेत अनिवार्य रुपमा लालपुर्जा राख्नुपर्ने ब्यवस्था गरेको छ ।

यो वर्षदेखी लागु हुनेगरी जिविस दैलेखले उपभोक्ता समितिका पदाधिकारीहरुलाई समिति गठनसंगै जिविसमा अनिवार्य लालपुर्जा राख्नुपर्ने जिल्ला स्तरिय सर्वपक्षिय निर्णय भएको जिविसका योजना अधिकृत पदम सापकोटाले जानकारी दिएका छन् ।

जिविसको कार्यालयबाट संचालित योजनाका उपभोक्ताहरुलाई थप जिम्मेवार बनाई समयमै दिगो, गुणस्तरीय र प्रभावकारी रुपमा योजना निर्माण गरी सुशासनमा समेत प्रवद्र्धन गर्न जमानीको रुपमा उपभोक्ता समितिका पदाधिकारीहरुको लालपुर्जा राखीनेछ निर्णयमा भनिएको छ ।

विगतमा उपभोक्ता समितिमा बस्नका लागि हाडालुछ गर्ने र दलिय भागबण्डाका आधारमा आउने भएकाले मनोमानी रुपमा काम गर्ने देखीएकोले जिविसले लालपुर्जा राख्ने प्रवधान गराईएको हो ।

राजनितिक आडमै उपभोक्ता समितिका पदाधिकारीहरुले डिजाईन अनुसार कामै नगर्ने, अटेर गर्ने, गुणस्तरीय काम नगर्ने लगायत समस्या देखीएकाले लालपुर्जा धितोको रुपमा राखेमा कामप्रति जिम्मेवार हुने र प्रभावकारी हुने जनाईएको छ ।

उपभोक्ता समितिका पदाधिकारीलाई जिम्मेवार बनाउन लालपुर्जा अनिवार्यको ब्यवस्था गरिएको स्थानीय विकास अधिकारी हरि प्याकुरेलले बताए ।

‘विगतमा उपभोक्ता समितिका पदाधिकारीहरु कामप्रति जिम्मेवार नभएको पाईएकाले यो वर्ष अनिवार्य रुपमा लालपुर्जाको ब्यवस्था गरिएको हो ।’ स्थानीय विकास अधिकारी हरि प्याकुरेलले भने, तोके बमोजिम काम पुरा नभए लालपुर्जा फिर्ता हुने छैन् ।’ पैसा कमाउने लोभमा गुणस्तरहिन काम गरेर समितिका पदाधिकारीले ठेक्का दिने प्रचलन ब्याप्त छ ।