☰ open Loading... 2 May 2024|  

बहुद्देश्यीय कर्भडहल निर्माण गर्न सुर्खेतमा धार्मिक महायज्ञ शुरु
  | २५ कार्तिक २०७३, बिहीबार १८:४४

राज्य नै उदासिन भएपछि सुर्खेतमा स्थानीय नागरिकले कभर्ड हल निर्माणका लागि धार्मिक महायज्ञ शुरु गरेका छन् । प्रदेश नम्बर ६ को सम्भावित राजधानी वीरेन्द्रनगरमा बहुद्देश्यीय कर्भडहल निर्माणर्थ मध्यपश्चिम धार्मिक महोत्सव २०७३ बिहिबारदेखि वीरेन्द्रनगरमा शुरु भएको हो ।

जिल्ला ब्याडमिन्टन संघ वीरेन्द्रनगरको आयोजनामा बहुद्देश्यी कर्भड हल निर्माण गर्ने उद्देश्यले धार्मिक महोत्सव सञ्चालनमा ल्याएको छ । धार्मिक महोत्सवको कलश यात्रा बुलबुले गेटदेखी शुरु भएको थियो ।

महोत्सवको उद्घाटन मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले गरेको थिए । उद्घाटन सत्रमा बोल्दै उपकुलपति कोइरालले कर्भडहल निर्माणमा सवै सुर्खेती तथा मध्यपश्चिमबासीलाई मनकारी बन्न आग्रह गरेका छन् ।

‘सबैले आफ्नो इच्छा अनुसार दान गरेर बहुउद्देश्यीय कर्भडहल निर्माण गरेर सरकारलाई देखाउनु होस् ।’ उपकुलपति कोइरालाले भने,–‘सामाजिक कार्यमा दान गरेमा पुण्य हुने भएकाले कोही पनि नहिचकिचाउनुहोस् ।’

mahaaagya

कर्भडहल ब्याटमिन्टन संघले मात्र नभई सबैले आवश्यता अनुसार कार्यक्रम गर्न सकिने भएकाले सबैले सहयोग गर्न पनि कोइरालाले सुझाव दिएका छन् । कार्यक्रममा महोत्सव मुल समारोह समितिका अध्यक्ष चेतबहादुर अधिकारीले रकम संकलन गरी सुर्खेतमा सुविधवामुक्त ब्याडमिन्टन कवर्ड हल निर्माण गर्न धार्मिक महोत्सवको आयोजना गरिएको जानकारी दिएका थिए ।

सरकारी स्तरबाट तत्काल सहयोग हुने नदेखिएपछि संघले आर्थिक संकलन गर्न धार्मिक महोत्सवको आयोजना गरेको अध्यक्ष अधिकारीले बताए । हल निर्माण भएमा स्थानिय, क्षेत्रीय र राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्ने उद्देश्य जिल्ला व्याटमिन्टन संघ सुर्खेतको छ । संघले आर्थिक रकम जुटाएपछि जिल्ला खेलकुद विकास समितिले जग्गा दिनमा नीतिगत रुपमा पहल थाल्नेछ ।

आगामी मंसिर २ गते संचालन हुने मध्यपश्चिम धार्मिक महोत्सव २०७३ मा कथा वचान १०८ राष्ट्र शान्ति महायज्ञका संकल्पकर्ता गोविन्द शरण र मीरा देवीले गर्नेछन् ।

महोत्सवबाट करिव ५ करोड आर्थिक संकलन गर्ने लक्ष्यसहित धार्मिक महोत्सव संचललन गरिएको आयोजकले जनाएको छ । बहुद्देश्यीय कर्भडहल निर्माणका लागि करिव २ करोड लागत लाग्ने व्याटमिन्टन संघले अनुमान छ ।

महोत्सवमा एक हजारसम्मको दानलाई दातालाई नगदी रसिद दिईने, पाँच हजार एकसय दान गर्ने दातालाई फ्रेममा प्रशंसा पत्र राखिने, ११ हजार १ सय दान गर्ने दातालाई दोसल्लाले सम्मान गर्ने र शिलालेखमा व्यक्तिको नाम लेखिनेछ महोत्सव मूल समारोहले जनाएको छ ।

यस्तै २१ हजार १ सय दान गर्ने दातालाई दोसल्लाले सम्मान गर्ने तथा दम्पतीको नाम शिलालेखमा लेखिने, ५१ हजार १ सय दान गर्ने दातालाई सम्मान गर्ने र शिलालेखमा ३ पुस्ते विवरण राखिने, एक लाख एक हजार एक सय रुपैयाँ सहयोग गर्ने दातालाई सम्मान र हलमा दाताको फोटो राखिनेछ ।

२५ लाख १ सय दान गर्ने दातालाई सम्मान र परिसरमा पूर्णकदको प्रतिमा राखिने र ५१ लाख १ सय दान गर्ने व्यक्तिको नामबाट कभर्ड हलको नामाकरण राखिने महोत्सव मुल समारोहका महासचिव खिमलाल देवकोटाले जानकारी दिए ।

याे पनि पढ्नुस् ।

यसरी शुरू भयाे सुर्खेतमा धार्मिक महायज्ञ (भिडियाेसहित)

कभर्ड हल निर्माणका लागि धार्मिक महोत्सव शुरु हुँदै