☰ open Loading... 1 October 2023|  

बालबालिकालाई कपडा वितरण
  | ६ मंसिर २०७३, सोमबार १०:४०

जिल्ला बाल कल्याण समिति रोल्पाले अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आइतबार जिल्लाका विभिन्न स्थानमा रहेका ३३ जना बालबालिकालाई जाडोको समयमा प्रयोग गर्नका लागि तातो कपडा वितरण गरेको छ ।

जिल्ला विकास समिति , महिला तथा बालबालिका कार्यालय , जिल्ला बाल कल्याण समिति , सेभ द चिल्ड्रेन तथा हुरेक रोल्पाको संयुक्त समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो ।

बालकल्याण उच्च माध्यमिक विद्यालय लिबाङमा अध्ययनरत सुस्तश्रवण भएका तथा दृष्टि विहीन २४ जना, जिल्ला कारागार कार्यालय रोल्पाको बन्दीगृहमा आमासँगै थुनामा रहेका चार जना तथा कृष्ण प्रावि धारापानी रोल्पाका पाँच जना सुस्तःमनस्थिति भएका बालबालिका गरी जम्मा ३३ जना बालबालिकालाई सम्बन्धित ठाउँमै पुगेर जुत्ता, मोजा, ट्रयाकसुट, टोपीलगायतका सामग्री वितरण गरिएको थियो ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले फरक क्षमता भएका बालबालिकाका लागि राज्यले विशेष ध्यान पु¥याउनु पर्नेमा विचार व्यक्त गरेका थिए ।