☰ open Loading... 2 May 2024|  

दक्षिण रोल्पामा बालविवाहको दर घट्दै
  | ७ मंसिर २०७३, मंगलवार १३:३९

baal-vivah1

दक्षिण रोल्पामा बालविवाह गर्नेक्रम घट्दै गएको देखिएको छ । मानव अधिकार सचेतना केन्द्र, रोल्पाले गरेको पछिल्लो सर्वेक्षणले सो दर घटेको देखाएको हो । जिल्लाका घर्तीगाउँ, तालावाङ, कोर्चवाङ, गैरीगाउँ, जौलिपोखरी, जेद्वाङ र करेटी गाविसमा गरिएको सर्वेक्षणले यस्तो अवस्था देखाएको हो ।

सन् २०१४ मा उल्लेखित गाविसमा बालविवाहको दर ४८ प्रतिशत रहेकोमा सन् २०१६ मा घटेर ४६ प्रतिशतमा झरेको मानव अधिकार सचेतना केन्द्र, रोल्पाका कार्यकारी निर्देशक राजु आचार्यले जानकारी दिए

। ती गाविसमा सानै उमेरमा विवाह गर्ने तथा रोजगारीका लागि इँटाभट्टामा काठमाडाैँ   जानेको सङ्ख्या अधिक रहेकाले तीनवर्षअघि बालविवाह र बालश्रम न्यूनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो ।

गाविसस्तरमा सचेतनामूलक कार्यक्रम, घरदैलो भेटघाट, सार्वजनिक सुनुवाइ तथा वैकल्पिक शिक्षा एवम् जीविकोपार्जन सुधारका कार्यक्रम सञ्चालन गरिएका कारण सो दर घटेको हुरेक, रोल्पाका कार्यक्रम संयोजक कुमार पोख्रेलले जानकारी दिए ।

बीचमा पढाइ छाडेका ३५१ जना बालबालिकालाई १०० दिनको वैकल्पिक कक्षामार्फत विद्यालय भर्ना गरिएको पोख्रेलले बताए । उल्लेखित गाविसमा ४५४ जना बालश्रमिक रहेकोमा १४३ जनालाई पुनःस्थापना गरिएको समेत उनले बताए । -रासस