☰ open Loading... 24 October 2024|  

उजुरी दिन आयोगको आह्वान
  | १६ मंसिर २०७३, बिहीबार १६:१६

नेपाल सरकारद्वारा गठित ‘तराई, मधेस र थरुहटलगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेका आन्दोलनका क्रममा भएको हिंसा, हत्या, आगजनी, तोडफोडलगायत घटनाको सत्यतथ्य छानबिनसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७३ ले आफ्नो सचिवालय कामनपा–१० बिजुलीबजार काठमाडौँमा स्थापना गरी कार्य सुरु गरेको छ ।

hlc

आयोगले पीडित पक्ष, सरोकारवाला एवम् मानव अधिकारसँग सम्बन्धित दलसमेतबाट सूचना, जानकारी एवम् उजुरी सङ्कलन गर्न आजदेखि ३० दिनभित्र यस आयोगको सचिवालयमा उपस्थित भई वा आफ्नो प्रतिनिधि पठाई सूचना एवम् उजुरी दर्ता गराउन सकिने जानकारी गराएको छ ।

यस्ता उजुरी पीडितले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिको कार्यालयमा समेत दर्ता गर्न गराउन सक्ने व्यवस्था गरिएको छ ।

त्यस्ता घटनाका विवरण आयोगको वेबसाइट www.hlec.gov.np  मा अनलाइनबाट समेत दर्ता गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।