☰ open Loading... 3 May 2024|  

उपचार पश्चात ह्वील चियरमा फर्किए क्यान्सर पीडित नरबहादुर
  | २९ पुष २०७३, शुक्रबार १६:३९

सुर्खेत । उपचार अभावले त्रिपालमा थलिएका क्यान्सर पीडित नरबहादुर रोका उपचार पश्चात वीरेन्द्रनगर फर्किएका छन् । करिव ४९ दिनपछि उपचार पश्चात क्यान्सर पीडित नरबहादुर उपचार गरेर ह्वील चियरमा सुर्खेत आइपुगेका हुन् ।

nara-bdr-roka

पश्चिम नेपाल डटकमले गत मंसिर ९ गते उपचार अभावले त्रिपालमै थलिए नरबहादुर भन्ने शिर्षकको समाचार प्रकाशन गरेपछि पूर्व गृहमन्त्री एवं सुर्खेत क्षेत्र नम्बर एकका सासंद् पूर्णबहादुर खड्काले रोकाको सम्पूर्ण उपाचार खर्च व्यहोर्ने गरी मंसिर १० गते काठमाडौं लगेका थिए ।

याे पनि पढ्नुस् ः क्यान्सर पीडित रोकाको उपचार खर्च पूर्व गृहमन्त्री खड्काले व्यहोर्ने

काठमाडौं लगेको ६ दिनपछि उनको अप्रेशन सफल भएको थियो । रोकाको उपचारमा लाग्ने सवै खर्च सांसद् खड्काले ब्यहोरेका थिए ।

nara-bdr-roka-1-1024x768

शुक्रबार दिउसो ३ बजे वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्रमा आइपुगेका रोकाले भने,–‘समयमै उपचार नपाएको भए त्रिपालमै छट्पाटाइरहेको हुन्थे । सांसद् पूर्णबहादुर खड्काले लगाउनु भएको गुनले उपचार पश्चात परिवार भेट्न पाएको छु । उहाँलाई धन्यवाद भनि दिनुहोला ।’

याे पनि पढ्नुस् ः    क्यान्सरले थलिएका नरबहादुरको अप्रेशन सफल

त्रिपालमै थलिएका नरबहादुर उपचार गरेर फर्किएपछि अन्य विस्थापित शिविरका नागरिकले सासंद् खड्काले देखाएको सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

‘गरिवको कोही पनि हुँदैन भन्ने लागेको थियो’ विस्थापित शिविरका रामकुमारी खत्रीले भनिन्,–‘मर्नु र जिउनुको दोशाधमा पुगेको क्यान्सर पीडितप्रति सांसद्ले चासो देखाएर गुन लगाउनु भयो, यो हामी कहिल्यै भुल्ने छैनौं ।’