☰ open Loading... 26 October 2024|  

भूकम्पको जोखिम
  | २ माघ २०७३, आईतवार १८:४५

डडेल्धुरा । समुद्री सतहदेखि करिब दुई हजार ६ सय मिटर उचाइमा रहेको डडेल्धुराको भूबनोट कमजोर भएकाले भूकम्पको उच्च जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

पुरानै शैलीमा निर्मित घर भएकाले भूकम्प जाने हो भने ठूलो धनजनको क्षति हुन सक्ने सर्वसाधारणको समेत बुझाइ छ । जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक प्रजिअ उदयबहादुर सिँंले घरहरु बिनामापदण्ड मनपरी किसिमले बनाइएकाले भूकम्प गयो भने क्षति पुग्न सक्ने जनाउँदै सतर्कता अपनाउन सुझाव दिए ।

राष्ट्रिय भुकम्प दिवसकाे अवसरमा सुर्खेतमा निकालिएकाे र्याली ।
राष्ट्रिय भुकम्प सुरक्षा दिवसकाे अवसरमा सुर्खेतमा निकालिएकाे र्याली ।

सदरमुकाम डडेल्धुरा उच्च जोखिममा रहेको उनको भनाइ छ । जिल्लामा भवन तथा भौतिक कुरा निर्माण गर्दा राष्ट्रिय भवन निर्माण आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्ने र भूकम्परहित घरको निर्माण हुनुपर्नेमा सरोकार भएकाहरुको भनाइ छ ।

भिरालो जमिनमा घर बनाइएकाले डडेल्धुरा उच्च जोखिममा रहेको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर रामकुमार श्रेष्ठ बताए । यहाँ नयाँ बनेका घर पनि भूकम्प प्रतिरोधात्मक नभएर मनोमानी रुपमा निर्माण भइरहेको इञ्जिनियर श्रेष्ठको जिकिर छ ।

यसैविच, भुकम्प सुरक्षा दिवसकाे अवसरमा सुर्खेतमा पनि र्याली निकालिएकाे थियाे । जिल्ला समाराेह समिति सुर्खेतकाे अायाेजनामा निकालिएकाे र्याली स्थानीय मंगलगढी चाैकहुँदै जिल्ला विकास समिति हलमा पुगेर कार्यक्रमकाे अायाेजना गरिएकाे थियाे । कार्यक्रममा जिल्ला  स्थित सरकारी कार्यालयका प्रमुख एवं प्रतिनीधिकाे उपस्थिती थियाे ।