☰ open Loading... 17 May 2024|  

महायज्ञमा पाँच लाख दान रकम संकलन
  | २० चैत्र २०७३, आईतवार १८:४३

सुर्खेत । देउतीबज्यै मन्दिरमा यही चैत १२ गतेदेखि शुरु भएको कोटिहोम महायज्ञको पाँचौं दिन आइतबारसम्म पाँच लाख दान संकलन भएको छ । कोटिहोममा भूमी पूजा, पृतिउद्धार, ज्ञानमय सप्ताह, संगीतमय प्रवचन, भजनकृतन, राष्ट्र शान्तिका लागी पुजन गर्ने गरिएको छ ।

विहान ११ बजेदेखि प्रवचन र साँझ ७ बजेदेखि भजनकृतन सञ्चालन भइरहेको कोटिहोम प्रचार प्रसार समितिका संयोजक सुदिप पुरीले जानकारी दिए । कोटिहोमबाट संकलित रकम देउतीबज्यै मन्दिरको सम्वृद्धिका लागि गरिने उनले बताए ।

बैशाख १ गतेसम्म सञ्चालन हुने महायज्ञमा प्रमुख कथावाचक भागवद् रसिक ऋषिराम पौडेल र कोटिहोम संकल्पकर्ता निरन्तादेवी शाह ‘कालिमाता’ ले गरेका छन् । देउतीबज्यै मन्दिर व्यवस्थापन समितिको आयोजनामा मन्दिर परिसरमा कोटिहोम सञ्चालन गरिएको हो ।