☰ open Loading... 18 November 2024|  

सुर्खेत घोषणा पत्र जारी गर्दै सकियो प्रदेश ६ का जनप्रतिनीधीहरूको भेला (पूर्णपाठसहित)
  | ८ असार २०७४, बिहीबार २२:१९

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भेला भएका प्रदेश नम्बर ६ का जनप्रतिनीहिरुले २१ बुदे सुर्खेत घोषणापत्र जारी गरेका छन् । स्थानीय समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक विकास गर्न स्थानीय तहभित्रकै प्राकृतिक स्रोत साधनको अधिकतम परिचालन र उपयोग गर्दै जनताको समग्र विकास तथा आर्थिक समृद्धि हासिल गर्ने भन्दै घोषणापत्र जारी गरिएको हो ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सवेदीले प्रस्तुत गरेको घोषणापत्रमा प्रदेश ६ को सांस्कृतिक र पर्यटनको प्रवद्र्धन गर्न स्थानीय स्रोत साधनको परिचालन गरेर पर्यटक भित्राउने, सम्पदास्थलहरुको संरक्षणका लागि गुरुयोजना तयार गर्ने, काँक्रेविहार, रारा, से–फोक्सोण्डो, पचाल झरना, रलीङ्गग्रम्चा मानसरोवर र सिंजा सभ्यता लगायतका साँस्कृतिक, धार्मिक, खेलकुद, प्राकृतिक र ऐतिहासिक पर्यटन क्षेत्रको परियोजना तयार गरी संचालनमा ल्याउने प्रतिबद्धता घोषणा पत्रमा गरिएको छ ।

याे पनि पढ्नुहाेस् : प्रदेश ६ का निर्वाचित जनप्रतिनीधि सुर्खेतमा

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजना तीनदिनसम्म सुर्खेतमा जारी स्थानीय तह सञ्चालन तथा व्यवस्थापनसम्वन्धी अभिमुखीकरणको समापनमा २१ वुदे घोषणा पत्र जारी गरिएको हो ।

प्रदेश सडक गुरु योजना निर्माण गरेर जिल्ला–नगर र गाउँपालिकाका केन्द्रसम्म सडक संजाल जोड्ने, प्रदेश नं. ६ मा भएका सम्भावित क्षेत्रमा हाइड्रो पावर संचालन गर्ने र वायु उर्जाको सम्भाव्यता अध्ययन गरी परियोजना तयार गर्ने, सिंचाई सुविधा नपुगेका क्षेत्रमा सिंचाईको व्यवस्था गर्ने र एकजिल्ला एक पहिचान एक गाउँ एक उत्पादनलाई विषेश प्राथमिकता दिईने योजना घोषणा पत्रमा समावेश छन् ।

स्थानीय उद्यमशिलता तथा रोजगारीको प्रबद्र्धन गर्ने, नगर तथा गाउँपालिकाको केन्द्र जोड्ने पक्की सडक सञ्जाललाई विस्तार गर्ने, आय आर्जनमा बृद्धि गरी जीवनस्तरमा सुधार ल्याउने, सिंजा राज्यको मूल मार्ग बर्दिया राजापुरको मलवार देखि मुगु नाम्चे लाग्ना जो मार्गलाई अन्तराष्ट्रिय व्यापारी केन्द्र बनाउने साझा प्रतिवद्धता जनप्रतिनीधिले गरेका छन् ।

 घोषण पत्रमा प्रदेश ६ का आवश्यक थप योजनाहरु समावेश गर्ने जनप्रतिनीधीहरुले प्रतिवद्धता समेत जनाएका छन् । प्रदेश ६ का ७९ वटा स्थानीय तहका नगरपालिका प्रमुख÷उपप्रमुख र गाउँपालिका अध्यक्ष÷ उपाध्यक्षकहरुको सहभागीता थियो ।