☰ open Loading... 2 May 2024|  

सुर्खेतमा नाममात्रैको विद्युतकाे क्षेत्रीय कार्यालय स्थापना
  | १६ भाद्र २०७४, शुक्रबार २०:२०

सुर्खेतं । उर्जामन्त्री महेन्द्रबहादुर शाहीले वीरेन्द्रनगरमा गत आइतबार तामझामका साथ नेपाल विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय उद्घाटन गरे । प्राधिकरण प्रादेशिक संरचनामा जाने तयारी भैरहेका बेला मन्त्री शाहीले लोकप्रियता कमाउनकै लागि आवश्यक संरचना विनै क्षेत्रीय कार्यालय उद्घाटन गरेको खुलेको हो ।

गत आइतबार ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेको विद्युतको सुर्खेतस्थित क्षेत्रीय कार्यालय ।

‘क्षेत्रीय कार्यालय उद्घाटनको तयारी गर्नू’ भन्ने निर्देशन दिएपछि सुर्खेत वितरण केन्द्रका कर्मचारीहरुले तमझमका साथ गत आइतबार नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतमा क्षेत्रीय कार्यालयको स्थापना गरिएको थियो । ‘कर्मचारी छैनन् । भवन छैन् । क्षेत्रीय कार्यालयले गर्ने कार्यादेश पनि केही आएको छैन्’ स्रोतले भन्यो, ‘क्षेत्रीय कार्यालयका लागि एउटा पनि जनशक्ति छैन् । उद्घाटन हुने भनेपछि हामी आफै दंग प¥यौं । अहिले बोर्ड नै लुकाएर राखेका छौं ।’

नाममात्रैको कार्यालय भएपछि कर्मचारीले मन्त्रीले उद्घाटन गरेको साइनबोर्ड समेत हटाएका छन् । मन्त्रीले सस्तो लोकप्रियताका लागि बिना पूर्वाधार कार्यालय उद्घाटन गरेको भन्दै कर्मचारीहरुले आलोचना गर्न थालेका छन् । प्रदेश नम्बर ६ को उर्जा विकासको सम्भाव्यता अध्ययन गर्ने क्रममा यहा“ आइपुगेका मन्त्री शाहीले भदौ ११ गते कार्यालय उद्घाटन गरेका थिए । मन्त्रीले हतारमै उद्घाटन गरेपनि अहिले क्षेत्रीय कार्यालयको नामै छैन् ।

कार्यालयमा क्षेत्रीय निर्देशक (अधिकृत तह एघारौं) को नेतृत्वमा कर्मचारीको व्यवस्थापन हुनु पर्ने प्रावधान छ । तर, क्षेत्रीय कार्यालयका लागि एक जना पनि कर्मचारी खटाइएको छैन् । विद्युतलाइन सर्भे, विस्तार गर्ने, क्षेत्रीय स्तरमा कर्मचारी परिचालन गर्नेदेखि आर्थिक÷प्रशासनिक कामकाज क्षेत्रीय कार्यालयबाटै गर्ने अख्तियारी क्षेत्रीय कार्यालयसंग हुन्छ ।

हाल सुर्खेतमा वितरण केन्द्र छ । वितरण केन्द्रकै एउटा सानो भवनमा साइनबोर्ड झुण्डाएर मन्त्रीले कार्यालय उद्घाटन गरेका थिए । हाल उक्त भवन बन्द छ । सुर्खेत वितरण केन्द्रका सूचना अधिकारी श्यामलाल पौडेलले क्षेत्रीय कार्यालय उद्घाटन भएपनि आवश्यक पूर्वाधार नभएको जानकारी दिए ।

‘क्षेत्रीय कार्यालय उद्घाटन गर्ने काममात्रै भयो । कर्मचारी, भवन लगायतका भौतिक पूर्वाधारको व्यवस्थापन गरिएको छैन्’ उनले भने, ‘त्यसले गर्दा क्षेत्रीय कार्यालय स्थापनाको कुनै महसुस गर्न पाएका छैनौं ।’ क्षेत्रीय कार्यालय नेपालगञ्जका क्षेत्रीय निर्देशकलाई सुर्खेत कार्यालय सञ्चालन गर्न दोहोरो जिम्मेवारी बाहेक अन्य कर्मचारी पठाउने सुरसार गरिएको छैन् ।

‘मन्त्रीलाई हतार नगर्न भनेका हौं, घर खोजेरै भएपनि कार्यालय उद्घाटन गरौं भन्ने सुझाव दिएका हौं’ स्रोतले भन्यो,–‘जसरी भएपनि उद्घाटन गर्ने तयारी गर्नु भन्ने निर्देशन आएपछि पुरानै भवनमा उद्घाटन गर्ने वातावरण मिलाइएको हो ।’

वितरण केन्द्रको साविककै भवनमा क्षेत्रीय कार्यालय सञ्चालन गर्न नसकिने भन्दै स्रोतले अनेत्रै भाडामा घर लिएर काम सञ्चालन गर्नु बाहेक अन्य विकल्प नभएको बतायो ।