☰ open Loading... 17 May 2024|  

पश्चिम सुर्खेतकाे टेलिफोन गुणस्तर दशैँसम्म सुध्रिने
  | १७ भाद्र २०७४, शनिबार ०८:०५

सुर्खेत, १६ भदौ । सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले सुर्खेतसहित प्रदेश नं ६ का जिल्लामा टेलिफोन सेवाको गुणस्तर वृद्धिका लागि पहल थाल्ने प्रतिबद्धता जनाएका छन् ।

पञ्चपुरी नगरपालिकामा स्थानीय बासिन्दासँग कुरा गर्दै राज्यमन्त्री विष्टले अवरुद्ध टेलिफोन सेवालाई आगामी दशैँसम्म सञ्चालनमा ल्याउन प्रयास गरिने बताए ।

यसैबीच गत शुक्रबार राज्यमन्त्री नियुक्त भएपछि आफ्नो निर्वाचन क्षेत्रमा आएका विष्टलाई स्थानीयवासीले स्वागत गर्दै भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्यका दृष्टिकोणले पछाडि परेको सो क्षेत्रको विकासका लागि आफ्नो प्राथमिकतामा राख्न मन्त्री विष्टलाई आग्रह गरेका थिए ।