☰ open Loading... 18 November 2024|  

गुर्भाकोटमा फैलिएको स्वाइन फ्लु नियन्त्रणमा
  | ३ आश्विन २०७४, मंगलवार १७:५६

सुर्खेत । दुई हप्ता अघि पूर्वी सुर्खेतको गुर्भाकोटको वाडा नम्वर ९ मा फैलिएको स्वाइन फ्लु नियन्त्रणमा आएको छ । गुर्भाकोट नगरपालिका, क्षेत्रीय स्वास्थ्य र जिल्ला स्वास्थ्य कार्यालयको पहलमा विभिन्न अभियानहरु सञ्चालन गरेपछि नियन्त्रणमा आएको स्वास्थ्य चौकी सहारेका इन्चार्ज किरण अाेलीले जानकारी दिएका छन् ।

याे पनि बढ्नुहाेस् । सुर्खेतमा पनि फेला पर्याे स्वाइन फ्लु एककाे मृत्यु, ४२ विरामी संकास्पद

रोग नियन्त्रणको लागि नगरपालिकामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि जनचेतना अभिवृद्धि गरिएकाे थियाे । याे राेगबाट बच्ने उपाय बारे घरदैलो कार्यक्रम मार्फत पर्चा पम्पलेटहरु पनि वितरण गरिएको अाेलीले बताए ।

घरमै पुगेर संक्रमितहरुलाई औषधी खुवाउनुका साथै व्यानरहरु सहित जनचेतनामूलक ¥यालीको पनि आयोजना गरिएकाे थियाे । विश्व स्वास्थ्य संगठन (डब्बुएचओ) शाखा नेपालगंजका डाक्टर किरण वास्तोला पनि प्रभावित क्षेत्रमै रहेर संक्रमितहरुको चेक जाँच गरेको स्वास्थ्य चौकीका इन्चार्ज वलीले जानकारी दिए ।

केही समय अघि एच वान एन वान इन्फ्लुन्जाको कारण दुई जनाको मृत्यू भएको छ भने तीन जनामा पोजेटिभ देखिएको थियो । त्यसैगरी सयौमा रुघाखोकी तथा ज्वरो देखिएको भएपनि यो सामान्य अवस्थामा रहेको स्वास्थ्य चौकी सहारेका इन्चार्ज किरण वलीले बताए ।

अहिले अवस्था सामान्य रहेको भन्दै उनले यसबाट त्रसित नरहन स्थानीय बासिन्दाहरुलाई आग्रह गरेका छन् । एचवान एन वान परीक्षण गर्न आवश्यक (हिटिएम) को अभाव हुँदा बिरामीको उपचारमा समस्या भएको छ । रुघा खोकी तथा ज्वरोको लक्षण भएका बिरामी आउने गरेपनि यसको अभावमा परीक्षण गर्न नसकिएको वलीले बताए ।

यता जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले पनि एच वान एन वान इन्फ्लुन्जाबाट बच्नको लागि सरसफाईमा विशेष ध्यान दिनुका साथै बाहिर भीडभागमा बढी नजान सल्लाह दिएको छ । त्यसैगरी रुघा खोकी लागेमा नाक मुख छोप्नुको साथै बाहिर निस्कदा माक्सको प्रयोग गर्न सल्लाह दिएको कार्यालयका सुचना अधिकारी वसन्तमान श्रेष्ठले बताए ।