☰ open Loading... 5 May 2024|  

वाम गठबन्धनप्रति सुर्खेतमा सकारात्मक टिप्पणी
  | २२ आश्विन २०७४, आईतवार १०:१९

‘स्थिर सरकारका लागि एक हुन जरुरी’

सुर्खेत । एमाले, माओवादी केन्द्र र नया“ शक्ति नेपालबीच चुनावी तालमेलसहित वाम एकताको तयारी भएसंगै भोलिपल्ट बनेकोे कांगे्रस नेतृत्वको गैरवाम दलहरुको गठबन्धनलाई स्थानीयस्तरमा सकारात्मक रुपमा लिइएको छ । दलका नेता, कार्यकर्ताहरु मात्र होइन् वाम र गैरवाम शक्तिहरुको बीचको धु्रवीकरणलाई लिएर स्वतन्त्र बुद्धिजीवि, नागरिक समाजका अगुवा, पेशा व्यवशायीले सकारात्मक कदमका रुपमा टिप्पणी गरेका छन् ।

स्केच इकान्तिपुबाट

राजनीतिशास्त्रका प्राध्यापक पीताम्बर ढकालले हाल देखापरेको राजनीतिक धु्रवीकरण सफल भए मुलुकका लागि फाइदा हुने विचार व्यक्त गरे । ‘यो सफल भयो भने राजनीतिक स्थिरता त पक्कै हुन्छ । जसले मुलुकको आर्थिक, सामाजिक विकास ठूलो टेवा पुग्छ’ उनले भने, ‘सीमित नेतालाई जिताउन, सत्ता स्वार्थका लागि मात्र एकताको कुरा गरिएको हो भने त्यो पटक्कै राम्रो होइन् ।’ यस्तो धु्रवीकरणले एउटा सशक्त सत्ता पक्ष र अर्को सशक्त प्रतिपक्षको उदय हुने बताए ।

व्यक्तिगत स्वार्थकेन्द्रीत राजनीति हावी भएकाले धु्रवीकरण दिगो हुनेमा भने उनले शंका गरे । मध्यपश्चिमाञ्चल विश्वविद्यालय द्वन्द्व र शान्ति अध्ययन विषयका उप–प्राध्यापक कमलराज लम्सालले मुलुक द्विदलीय व्यवस्थातर्फ उन्मुख हुन खोजेकाले धुव्रीकृत दलहरुले नै आवश्यक वातावरण निर्माण गर्नुपर्ने धारणा राखे । यसले स्थायी सरकार निर्माणमा ठूलो मद्दत पुग्ने उनको बुझाई छ । ‘हाम्रो दुर्भाग्य नै अस्थिर सरकार हो । यसप्रकारको धु्रवीकरणले राजनीतिक स्थायित्व दिन्छ’ लम्सालले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका ६ नम्बर प्रदेश अध्यक्ष पदमबहादुर शाहीले आफूहरुले वर्षौंदेखि उठाउ“दै आएको राजनीतिक स्थिरता हुनुपर्ने माग पुरा गर्न दलहरुले बल्ल ध्यान दिएको बताए । स्थायी सरकार नहुँदा निजी क्षेत्रले धेरै पीडा भोग्नुपरेको उनको भनाई छ । ‘नेपालजस्तो सानो मुलुकमा धेरै दल जरुरी छैनन् ।

विचार मिल्ने दलहरुबीच एकता हुनु राम्रो हो’ उनले भने । अधिकारकर्मी पवित्रा गिरिले चुनावी तालमेलका लागि मात्र धु्रवीकरण नगर्न सुझाव दिइन् । ‘विशेषगरी वाम दलहरुबीच हुने भनिएको एकतालाई आम सर्वसाधारणले आशंका व्यक्त गरेका छन् । अझैं पनि नेताहरुप्रति विश्वास छैन्’ उनले भनिन्, ‘यसपटक हेर्न बा“की छ । यदि तालमेल र एकता सम्भव भए मुलुकका लागि राम्रै हुन्छ ।’

यसैबीच, चुनावपछि पार्टी एकतासहित दुई ठूला वामपन्थी दलबीच तालमेल र, कांगे्रस नेतृत्वका अन्य ६ दलबीच हुने चुनावी तालेमललाई स्थानीयस्तरमा ती दलका कार्यकर्ताहरुले सकारात्मक रुपमा लिएका छन् । तालमेलका कारण आ–आफ्नो जीत सुनिश्चित भन्दै नेता÷कार्यकर्ताहरु प्रफुल्ल छन् ।

एमाले जिल्ला अध्यक्ष धु्रवकुमार शाहीले चुनावी तालमेललाई स्थानीयस्तरबाट आफूहरुले सार्थक बनाउने प्रतिक्रिया दिए । ‘स्थानीय तह निर्वाचनको तालमेलबाट केही अनुभव हासिल भएका छन् ।

अबको तालमेलमा शतप्रतिशत उपलब्धी हासिल हुने गरी खट्छौं’ उनले भने, चुनावपछि दुईपार्टीबीच एकता गर्नलाई समेत तालमेललाई परिणामुखी बनाउन आवश्यक छ ।’ कांगे्रस जिल्ला सभापति कमलराज रेग्मीले प्रजातान्त्रिक दलहरुबीचको चुनावी तालमेललाई उपयोगी बनाउन सम्पूर्ण शक्ति परिचालन गर्ने अठोट गरे ।

माओवादी केन्द्रका जिल्ला संयोजक कृष्ण जीसीले तालमेल चुनावकै लागि मात्रै नभएकाले स्थानीयस्तरबाटै पार्टी एकताका लागि उपर्युक्त वातावरण सिर्जना गर्ने बताए । सबै तहका नेता कार्यकर्ता साथीहरुले खुसी व्यक्त गर्नुभएको छ । ‘एकाध कार्यकर्तालाई बुझाउन बा“की छ । उहाहरुले पनि एकताको स्वागत गर्नुहुन्छ’ उनले भने ।