☰ open Loading... 2 May 2024|  

क्लवद्धारा अनार्थ बालबालिकालाई सहयोग
  | ६ बैशाख २०७५, बिहीबार १८:०७

दैलेख । रिपोर्टर्स क्लव दैलेखले अनार्थ बालबालिकाहरुलाई आर्थिक सहयोग गरेको छ । क्लवको साक्षात्कार कक्षमा एक कार्यक्रम गरि सहयोग रकम हस्तान्तरण गरेको हो ।


क्लवले २०७४ साल माघ २९ देखी फागुन ८ गतेसम्म सञ्चालन गरेको दैलेख सांस्कृतिक महोत्सवबाट नाफा भएको रकम १८ हजार रुपैँयाको चेक मार्फत अनार्थ बालबालिकाहरुलाई पालनपोषण गर्दै आएका रामबहादुर थापालाई हस्तान्तण क्लवका अध्यक्ष तथा महोत्सवका संयोजक गोविन्द केसीले गरेका थिए ।

हस्तान्तण कार्यक्रममा महोत्सवका आर्थिक संयोजक अभिषेक अनुराग र प्रविधि संयोजक तिर्थ भण्डारी सहभागी थिए ।

कार्यक्रममा महोत्सवले अनाथ बालबालिकाहरुका लागि कुल नाफाको ३० प्रतिशत रकम दिने उद्घोष गरिएको थियो । महोत्सवको अडिटसंगै बालबालिकाहरुलाई सहयोग रकम हस्तान्तरण भएको हो । सहयोग रकम अनार्थ बालबालिकाहरुको अभिभावकत्व ग्रहण रामबहादुर थापा बुझाईएको हो ।

उनले २०६२ सालबाट ४ वटा बालबालिकाहरु संरक्षण गरेर सुरु गरेका थिए । विचमा उनले २२ बालबालिकाहरु लामो समय राखेका थिए । धेरै बालबालिकाहरु पढेर आफ्नो खुटटामा उभिएका छन् । उनले आफ्नो घरमा ती बालबालिकाहरुलाई राखेका छन् ।

उनलाई विचमा ४ वर्ष तत्कालिन जिविसले वर्षमा ५० हजार रुपैँया उपलब्ध गराएको थियो । त्यसयता कसैको पनि सहयोग भएको छैन् । केही ब्यक्तिले १० हजारसम्म सहयोग गरेको उनले बताए ।

‘राम्रो काम गरेपछि सवैको सहयोग पाईएला भन्ने सोचेको थिए तर, झन सहयोग भयो ।’ अनार्थ बालबालिकाहरुलाई हेरचाह गर्दै आएका रामबहादुर थापाले क्लवले गरेको महोत्सवले बालबालिकाहरुलाई यति ठुलो सहयोग गरेकोमा धन्यवाद दिएका छन् ।