☰ open Loading... 26 April 2024|  

सिप विकास तालिमले महिला आत्मनिर्भर बन्दै
  | २४ श्रावण २०७६, शुक्रबार १८:२५

डोल्पाका विभिन्न स्थानीय तहमा सञ्चालन भएको सिपमुलक तालिमले महिलाहरु आत्मनिर्भर बन्दै गएका छन् । ठुलीभेरी नगरपालिका ५ र ६,काईके गाउँपालिका ४ र ५, डोल्पोबुद्ध गाउँपालिका र छार्काताङसोङ गाउँपालिकामा दिइएको सिपमुलक तालिमले महिला आत्मनिर्भरता बढाएकाे हाे ।

ठुलीभेरी नगरपालिका ५ र ६ अन्तर्गतपर्ने थरगाउँ, माझफाल र लाहाराका ८० जनालाई निःशुल्क रुपमा सिलाइकटाई, सिकर्मी, हाजियारी, मौरीपालन तालिम प्रदान गरिएको महिला शसक्तिकरण डोल्पाका अध्यक्ष उर्मिला बिश्वकर्माले जानकारी दिइन् ।

उनका अनुसार चारवटा स्थानीय तहका ३ सय पन्ध्र जनालाई सिपमुलक तालिम प्रदान गरिएको र त्यसमध्ये  १ सय १५ जनालाई तालिमसँगै उपकरण हस्तान्तरण गरिएको छ ।

महिलालाई सिलाई कटाइ, आलुचिप्स उत्पादन, होजियारी, मौरीपालन, नर्सरी खेती, सिकर्मी लगायतका विभिन्न सिपमुलक तालिम प्रदान गरिएको थियो ।

त्यस्तै होजियारी तालिम लिएकी माझफालका धना बिकले झोला, गलबन्दी, रुपमाल, टोपी, मोजा लगायतका सामाग्री उत्पादन गर्ने बताइन् । उत्पादित सामाग्रीहरु उनीहरु गाउँमै रहेको कोशेली घरमा राखेर बिक्रि गर्ने गरेका छन् ।

तालिमले गाउँघरका लघु उद्यमीहरुको सिप विकासमा टेवा पु¥याउनुका साथै आत्मनिर्भर बनाएको उद्योग अधिकृत मोदनाथ ज्ञवालीले बताए ।

नयाँपत्रिकाबाट