☰ open Loading... 27 February 2025|  

गाैहत्या प्रकरण : छानबिन समितिको प्रतिवेदनका आधारमा कारवाही हुन्छ : मन्त्री रार्इ
  | १५ भाद्र २०७६, आईतवार १५:३४

नेपालजञ्ज । सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय जनावर तथा हिन्दूको धार्मिक आस्थाको धरोहर गाईको व्यवस्थापनमा संवेदनशील हुनुपर्नेमा जोड दिएका छन् ।

सम्वन्धित समाचार
भैरवी गाउँपालिका र शिरस्थान मन्दिरद्वारा दैलेखमा गार्इ माग नगरिएकाे प्रतिक्रिया
गाैहत्या प्रकरण : छानविन गर्न गृह मन्त्रालयद्वारा छानविन समिति गठन
गौहत्या गर्नेलाई कारवाहीको माग राख्दै प्रदर्शन
नेपालगञ्जबाट ल्याइएका गाई सुर्खेतमा भीरबाट खसाइयो
भिरबाट खसालेर ‘गौहत्या’ प्रकरणकाे राप्रपाद्वारा छानबिनकाे माग
कटकुवा छाडिएका गाई फेरी नेपालगञ्ज पठाइयो

आइतबारनेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालगन्जको काञ्जीहाउसबाट दैलेख छाड्न भनी लगिएका गाई बाटोमै मर्नु दुःखद भएको बताए। ‘नेपालगन्जमा छाडा छाडिएका गाईलाई काञ्जीहाउसमा राखेर पुनः अन्यत्र लग्ने विषयमा सर्वपक्षीय वा सर्वदलीय छलफलका साथै सबै प्रक्रिया पुर्‌याएको भए यस्तो दुखःद अवस्था शायद आउने थिएन,’ मन्त्री राईले भने।

उनले गृह मन्त्रालयले यो घटनाको छानबिन गर्न समिति गठन गरिसकेकालेउक्त समितिले दिएको प्रतिवेदनका आधारमा कारवाही प्रक्रिया अघि बढाइने बताए ।