☰ open Loading... 2 May 2024|  

वीरेन्द्रनगरले पनि अब कर्मचारीलाई विशेष भत्ता दिने
  | १६ चैत्र २०७६, आईतवार १७:१४

सुशील खड्का
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले कर्मचारीहरुको मनोबल उच्च राख्न विशेष भत्ता दिने निर्णय गरेको छ । संकटपूर्ण घडीमा अहोरात्र खटिने कर्मचारीहरुलाई उच्च मनोबलका साथ कार्य गर्नका लागि विशेष भत्ता दिने निर्णय नगरपालिकाले गरेको हो ।

नगरपालिकामा कार्यरत कर्मचारीहरुको तहअनुसार प्रतिदिन ६ सयदेखि आठ सयसम्म भत्ता दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।

नगरपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा न्यूनतम् औषधी र पिपिए पठाईएको पनि ढकालले बताए । नगरपालिकाले फोहोरमैला ब्यवस्थापन कार्य र स्वास्थ्य सँस्थाहरुमा हरेक दिन खुल्ने ब्यवस्था मिलाईएको छ ।

नगरपालिकाका १४ वटै वडामा किटनाशक औषधी छर्ने निर्णय समेत गरिएको बताएका ढकालले नगरपालिकाका वडा नम्बर ३, ६, र ८ मा दमकलबाट किटनाशक औषधी छरिसकेको जनाए ।

बाँकी वडाहरुमा सोमबारदेखि दमकलक र थप ट्याङ्करबाट औषधी छर्ने कार्यलाई व्यापकता दिइने जनाए । आन्तरिक सञ्चार र मोबाईलमार्फत सरोकारवालाहरु सबै २४ सै घण्टा समन्वयमा राखिएको पनि ढकालको भनाई छ ।