☰ open Loading... 2 May 2024|  

ताजाकोटका दलित वस्तिलाई काग्रेस नेता शाहीकोे सहयोग
  | ९ बैशाख २०७७, मंगलवार १५:४७

जनकबहादुर शाही
हुम्ला, बैशाख–०८ । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटबाट ४४ कोष टाढा पर्ने ताँजाकोट गाउपालिकामा बसोबास गर्ने २ सय ९६ दलित घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । नेपाल तरुण दल हुम्लाका पुर्ब उपाध्यक्ष एवं व्यवसायी तिलक शाहीले आफ्नो व्यक्तिगत पहलमा ताँजाकोट गाउपालिकामा बसोबास गर्ने २ सय ९६ घरधुरिलाई प्रतिघर ५ केजी चामल राहत वितरण गरेका हुन् ।
कोरोना भाइरस (कोभिड(१९) को संक्रमणको जोखिम हुन नदिन गरिएको लकडाउनले गर्दा कुनै पेशा, व्यवसाय नभएका ज्यालादारी काम गरी बिहान बेलुका खानाको जोहो गर्ने ताजाकोट गाउपालिका दलित परिवारलाई खर्च चलाउनु मुस्किल भएपछी ताजाकोट गाउपालिका काँग्रेस नेता शाहीले दलितहरुलाई १४ क्विन्टल ८० केजी चामल सहयोग गरेका हुन् शाहीले खाद्यान्न वितरण गरेका परिवारलाई ताँजाकोट गाउपालिकाले पनि राहत वितरण गरेको थियो ।
गाउपालिकाले उपलब्ध गराएको खाद्यान्नले पनि नपुगेपछि आफुले सहयोग गरि सरकारलाई सघाएको शाहीले बताए । राहत लिएका पीडितहरुले संकटको घडीमा अफुलाई सघाएको भन्दै खुसी व्यक्त गरे । काम गरि गुजारा चलाउनेहरुको लकडाउनले गर्दा आम्दानीको स्रोत नै बन्द भएको अवस्थामा सहयोग गरेकोमा नेता शाहीलाई ताँजाकोटका दलितहरुले धन्यवाद पनि दिए ।