☰ open Loading... 26 April 2024|  

नेपाली भूमी लिपुलेक छाेड्न भारतलाई चिनियाँ सेनाकाे चेतावनी
  | १५ असार २०७७, सोमबार ०८:४२

काठमाडाैं । भारतले मिचेकाे नेपाली भूमि लिपुलेक छाेड्न चिनियाँ सेनाले दबाव दिएकाे खुलासा भएकाे छ ।लिपुलेक क्षेत्रमा बसिरहेका भारतीय सै’निकका क्याम्पहरू हटाउन चिनियाँ सै’निकहरुले चेतावनी दिइरहेको स्वयं भारतीय सञ्चार माध्यमहरुले दाबी गरेका छन् ।

भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार वर्षाैंदेखि नेपालको भूमि अतिक्रमण गरेर कालापानी र लिपुलेकमा बस्दै आएका भारतीय सै’निकहरुले लिपु पास नजिक बनाएका सैनिक क्याम्प हटाउन चिनियाँ जनमुक्ति सेनाले चेतावनी दिएका हुन् ।

केही समययता चिनियाँ सै’निकहरु भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकमा क्षेत्रमै आएर चिनियाँ झण्डा फहराइरहेकाे समेत समाचारहरूमा उल्लेख छ । झण्डामा चिनियाँ भाषामा लेखेर लिपुलेक सीमा क्षेत्रको २ सय मिटरवर भारतले बनाएका क्याम्प र मानसरोवर जाने यात्रीका लागि बनाइएका विश्राम क्याम्प सबै तुरून्त हटाउन चेतावनी दिइरहेको बताइएको छ ।

चिनियाँ सेनाकाे उक्त चेतावनीपछि भारतले सीमा क्षेत्रमा सेनाको संख्या बढाइरहेको समेत अमरउजाला पत्रिकाले लेखेकाे छ । केही समयदेखि चीन र भारतबा सेनबीच लद्दाख क्षेत्रमा त’नाव चलिरहेकै वेला लिपुलेकमा पनि दुई देशका सेनाकाे उपस्थिति बढ्न थालेकाे बताइएकाे छ ।@रेडियो जनता