☰ open Loading... 1 May 2024|  

सल्यानको छत्रेश्वरि गाउँपालिका अध्यक्ष सन्तोष केसिले गरे आफ्नो सम्पत्ति विवरण सार्बजनिक
  | १४ भाद्र २०७७, आईतवार १९:५७

 


सल्यान :सल्यानको छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।आइतबार सल्यान खलंगामा पत्रकार सम्मेलन गरी अध्यक्ष केसीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन । अध्यक्ष केसिले आफ्नो आमा अम्बिका केसि, श्रीमती चाँदनी केसि शाह, भाई सुधन केसि र आफ्नो नाममा रहेको सम्पुर्ण सम्पत्ति विवरण सार्बजनिक गरेका हुन ।

जनप्रतिनिधि हरुको सम्पत्ति सार्बजनिक गर्नुपर्छ भन्ने बारम्बार प्रश्न उठिराखेकाबेला अध्यक्ष केसिले जिल्लामै पहिलो पटक सम्पत्ति विवरण सार्बजनिक गरेका हुन। एक राजनैतिककर्मी भएकाले आफुले पारदर्शी र जवाफदेहिका लागि आफ्नो सम्पत्ति विवरण सार्बजनिक गरेको अध्यक्ष केसिले बताए।

यस्तो छ अध्यक्ष केसिको सम्पत्ति .

अध्यक्ष केसिले सार्बजनिक गरेको सम्पत्ति विवरणमा ५ वटा घर रहेका छन। श्रीनगरमा २, लान्तिमा १, दाङको तुलसीपुरमा १ र काठमान्डौको मन्डिखाटारमा १ वटा घर रहेको अध्यक्ष केसिले बताए। दाङको तुलसीपुर उपमहानगरपालिकामा करिब १२ कट्ठा खेत, लान्ती, भोटेचौर, फलाबाङ क्षेत्रमा करिब २५ रोपनी खेतबारी र श्रीनगर र लान्तिमा ५ वटा घरेली रहेको केसिले बताए। केसिले सार्बजनिक गरेको विवरणमा २५ तोला सुन, एक क्रेटा कार, १ बुलेट र १ होन्डा साईन मोटरसाइकल र ट्याक्टर २ वटा रहेकाछन।

यस्तो छ बार्षिक आम्दानी र ऋण.

अध्यक्ष केसिले सार्बजनिक गरेको विवरणमा ७ करोड ९५ लाख ५० हजार रुपैयाँ ऋण रहेको छ। कुमारी बैंक खलंगा शाखामा विभिन्न शिर्षकमा उक्त ऋन रहेको अध्यक्ष केसिले बताए। दाङ, सल्यान र काठमान्डौको घरभाडाबाट बार्षिक ७० लाख रुपैयाँ आम्दानी हुने र भाइको तलबबाट बार्षिक ७५ लाख आम्दानी हुने उनले बताए।अध्यक्ष केसिका भाइ तारा एएरलाईन्समा क्याप्टेनको रुपमा कार्यरत छन। त्यस्तै अध्यक्ष केसिको गाउँपालिकाबाट बार्षिक ४ लाख बढी तलब ,संचात सप्लायर्सबाट बार्षिक ६० लाख र ट्याक्टरको आम्दानी २४ लाख रहेको केसिले बताए। केसिले ब्यापारिक प्रयोजनका लागि संचात सप्लायर्स र सन्तोष इन्टरप्राईजेको नामबाट कारोबार गरिरहेका छन ।ब्यबसायको रुपमा उनी हार्ड्वयर ब्यबसाही हुन।

कती छ अध्यक्ष केसि सङ नगत पैसा .

अध्यक्ष केसिले आफू सग ३५ लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको बताएका छन। विभिन्न बैंकमा आफुसग अहिले ३५ लाख रुपैयाँ ब्यालेन्स रहेको उनले बताए।

भ्रष्टाचार राेक्न र जिल्लाका अरु जनप्रतिनिधिकाे सम्पति विवरण थाहा पाउनकाे लागि आफुले सम्पति विवरण सार्वजनिककाे सुरुवात गरेकाे उनले जनाएका छन् ।आफु जनप्रतिनिधि भएकाे कारण नैतिकताका आधारमा आफुले सम्पति विवरण सार्वजनिक गरेकाे उनले बताए ।
आफुहरु व्यवसायीक रुपमा लागेर सम्पती आर्जक गरेकाे भन्दै उनले धेरैजसाे जनप्रतिनिधिहरु जिवनभर राजनिति बाहेक अरु केहि नगरेर थुप्रै सम्पती आर्जन गरेकाे भन्दै नैतिकताका हिसाबले सार्वजनिक गर्न आग्रह गरका छन् ।तिखाे खबरबाट