☰ open Loading... 26 April 2024|  

अनलाईनमार्फत बालविवाह विरुद्धको अभियान
  | २३ भाद्र २०७७, मंगलवार ०८:०२

सुर्खेत–सामाजिक विकास मन्त्रालय र आवाज संस्थाको संयुक्त आयोजनामा अनलाईनमार्फन बालविवाह विरुद्धको अभियान सञ्चालन गर्न लागिएको छ । अघिल्ला बर्षहरुमा प्रत्यक्ष रुपमा विभिन्न कार्यक्रम गरी सञ्चालन गरिने यो अभियान यो बर्ष कोभिड–१९ जोखिमका कारण अनलाईनमार्फत नै गर्न लागिएको हो ।
भदौ २९ गते मनाईने राष्ट्रिय बाल दिवसको अवसरमा भदौ २३ देखि २९ गतेसम्म सप्ताहव्यापी रुपमा अनलाईनमार्फत अभियान सञ्चालन गर्न लागिएको सामाजि विकास मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशमा पनि बालविवाहको अवस्था व्याप्त रहेकाले यसलाई समेत मध्यनजर गर्दै सचेतना अनलाईनका माध्यमबाट सचेतना जगाईने मन्त्रालयले जनाएको छ ।
बालविवाह विरुद्धको सात दिने अभियान अवधिमा छलफल, अन्र्तक्रिया, सूचना आदानप्रदान जस्ता कार्य अनलाईनमार्फत नै गरिने अभियानता चेतन गिरीले बताए ।
अभियानमा बाबालबालिका, विद्यार्थी, नागरिक समाज, बुद्धिजिवी, पत्रकार, सरकारी कर्मचारी, राजनैतिक दल तथा जनप्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता रहेन उनले जानकारी दिए । सहभागीहरुको बिचार, संकल्प, टिप्पणी, तस्विरहरु अभियानका लागि तयार पारिएको फेसबुक पेज ‘क्याम्पियन एगेईन्स्ट ईसीएम’मार्फत सार्वजनिक गरिने उनले बताए ।