☰ open Loading... 17 May 2024|  

बलात्कारकाे घटना गाँउमै मिलाएकाे भन्दै वडा अध्यक्ष पक्राउ
  | १४ मंसिर २०७७, आईतवार १६:५४

कैलाली । बलात्कारको घटना गाउँमै मिलाएको भन्दै बैतडीमा एकजना वडाध्यक्ष पक्राउ परेका छन् ।जिल्लाको सिगास गाउँपालिका-३ की १८ वर्षीया किशोरी बलात्कारको घटनामा मिलापत्र गराएको भन्दै सिगास गाउँपालिका ३ का वडाध्यक्ष शेरसिंह साउदलाई जिल्ला प्रहरी कार्यालय बैतडीले पक्राउ गरेको हो ।

१८ वर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको र गत असार १४ गते गाउँमै तमसुक बनाएर घटना मिलाइएको थियो । तमसुकमा पीडित पक्षलाई कात्तिक मसान्तभित्र एक तोला सुन दिने भनिएको थियो ।प्रहरीले सोही ठाउँका अन्य ३ जनालाई पनि नियन्त्रणमा लिएको छ । घटना मिलापत्रमा संलग्न रहेका राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई पनि प्रहरीले शनिवार साँझ पक्राउ गरेको हो ।योसँगै किशोरी बलात्कार प्रकरणमा ६ जना पक्राउ परिसकेका छन् । सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिइएको थियो ।