☰ open Loading... 2 May 2024|  

कुटपिट मुद्दाका फरार अभियुक्त पक्राउ
  | २५ मंसिर २०७७, बिहीबार १९:५८

यामराज बिष्ट दैलेख । कुटपिट मुद्दाका फरार अभियुक्तलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्लाकाे आठवीस नगरपालिका-५ का ५३ वर्षीय धर्मराज जैशीलाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै घर नजिकै घुमफिर गरिरहेको अवस्थामा फरार अभियुक्त खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरीले कार्यालय दैलेखले जनाएको छ ।

जिल्ला अदालत दैलेखले २०७६ जेठ १३ गते कुटपिट मुद्दाको फैसला आदेशले दुई हजार रुपैयाँ जरिवाना तोकेको थियो । त्यसपश्चात उनी फरार रहेका थिए । अभियुक्त खड्कालाई कैद जरिवाना भुक्तानीका लागि दैलेख जिल्ला अदालत दैलेखमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।