☰ open Loading... 3 May 2024|  

कर्णाली नदिमा बरफ जम्न थाल्यो ,सिमा सुरक्षाकर्मीलाई समस्या
  | १० पुष २०७७, शुक्रबार ११:१४

हुम्ला-हुम्लाको नाम्खा गाउँपालिकासंग जोडिएको चीनसँगको सिमाना क्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेको छ ।

बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ । चिसो अत्याधिक बढेको सो स्थानमा हालको तापक्रम माईनस १५ डिग्री सेल्सियस पुगको छ ।

नाम्खा गाउँपालिका वडा नम्वर ५ अन्तर्गत पर्ने हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेर पानी नदेखिने भएको सिमा सुरक्षाका लागि बस्दै आएका ९बिओपी० का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले बताए ।

नदीमा जमेको बरफ माथि चाहेमा वारपार गर्न समेत सकिने भएको छ । चिसोका कारण नाकामा बस्दै आएका ससस्त्र प्रहरी र घर कुरुवा व्यक्तिहरुलाई बाहिर निक्लिन समेत समस्या भएको केसीको भनाई छ । उक्त ठाउँका घरहरु कर्णाली नदिको नजिकै रहेकाले पनि हावाको वेगले गर्दा बसि नसक्नु भएको छ ।