☰ open Loading... 30 April 2024|  

कोरोनाबाट बाँकेमा थप १ महिलाको मृत्यु
  | २५ माघ २०७७, आईतवार ०७:३०


नेपालगन्ज : कोरोना संक्रमणबाट बाँकेकी थप एक महिलाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार कोहलपुर नगरपालिका ११ की ६८ वर्षीया महिलाको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
माघ १४ गते कोरोना रिपोर्ट पोजेटिभ आएको ती महिलालाई सोही दिन साँझ साढे ५ बजे अस्पताल भर्ना गरिएको थियो । रोगको प्रकृति अनुसार सबै किसिमको उपचार गर्दा समेत स्वास्थ्य बिग्रिँदै गएर शनिबार मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट बाँकेमा मृतकको संख्या ५४ पुगेको छ ।