☰ open Loading... 23 December 2024|  

कोरोना संक्रमित महिलाले आइसोलेसनमै जन्माइन् बच्चा
  | ३१ श्रावण २०७८, आईतवार ०५:१६

 

सल्यान – सल्यानमा कोरोना संक्रमित एक महिलाले नवजात शिशुलाई जन्म दिएकी छिन् । कोरोना संक्रमण पुष्टि भएपछि सल्यान जिल्ला अस्पतालको आइसोलेसनमा बसेकी महिलाले स्वस्थ बच्चा जन्माएकी हुन।

रुकुम पश्चिम त्रिवेणी गाउँपालिका-६ की २१ वर्षीया कोरोना संक्रमित सुजाता ओलीले स्वस्थ शिशु जन्माएको सल्यान जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत डा;भीमकान्त जैसीले जानकारी दिए साउन २४ गते रुकुम पश्चिम जिल्ला अस्पतालमा जाँच गराउँदा कोरोना पोजेटिभ देखिएपछि २७ गते सल्यान जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना भएको उनको भनाई छ।