☰ open Loading... 2 May 2024|  

चोरी गर्ने दुई पक्राउ
  | १८ पुष २०७८, आईतवार १९:३४

नारायण नगरपालिका वडा १ स्थित त्रिभुवन माध्यमिक विद्यालय नजिकका पसलहरु फोडेर लुटपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। एकै रात उनीहरुले ३ पसल लुटेका थिए। प्रहरी चोरी गर्ने पत्ता लगाउन अनुसन्धान थालेसँगै चोरेका सामानसहित चोर पक्राउ गरेको हो।

पसल लुट्नेहरु १४ र १५ वर्षका दुई बालकको नाम प्रहरीले गोप्य राखेको छ। नारायण नगरपालिकाभित्र स्थायी घर भएका ती दुई बालिकाले पाण्डे फेन्सी पसल, टोपेन्द्र मोबाईल मर्मत सेन्टर, बशिष्ट भटटराई पुजा सामाग्री खुद्रा तथा तरकारी पसल तोडफोड गरी चोरेका थिए।

चोरी गर्ने ती बालकले घुम्ती फोडेर नगदसहित सामान चोरेर लगेको दैलेख प्रहरीले जानकारी दिएको छ। प्रहरीले चोरेको सामानसहित घुम्ती फुटाउन प्रयोग हुने सामाग्री चोरहरुबाट बरामद गरेको छ। जिल्ला अदालत दैलेखले ५ दिन अनुसन्धानका लागि म्याद थप गरेको छ।

पसल चोर्ने बालकहरुलाई प्रहरीभित्र बनाईएको बाल निगरानी केन्द्रमा राखीएको दैलेख प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर साहले बताए।