☰ open Loading... 30 April 2024|  

जबरजस्ती करणी कसुरमा दुई जना पक्राउ
  | १४ माघ २०७८, शुक्रबार ०५:३१

दैलेख : दैलेखमा जबरजस्ती करणी उद्योग गरेको कसुरमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको दुल्लु नगरपालिका–१२ का २३ बर्षीय मनोज सुनार र जाजरकोट जुनीचाँदे गाउँपालिका–९ का १८ बर्षीय रमेश खड्कालाई पक्राउ गरिएको दैलेख प्रहरी प्रमुख डीएसपी भुवनेश्वर प्रसाद साहले बताए ।

उनका अनुसार जबरजस्ती करणी उद्योग गरेको कसुरमा पक्राउ परेका सुनारले पुस ११ गते १९ बर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोप छ । प्रहरीमा परेको जाहेरीका आधारमा थप अनुसन्धानका लागि पक्राउ गरिएको डीएसपी शाहले बताए ।

यस्तै जबरजस्ती करणी उद्योग गरेको कसुरमा पक्राउ परेका खड्काले १८ बर्षीया बालिकालाई पुस १२ गते जबरजस्ती करणी गरेको आरोप छ । प्रहरीमा परेको जाहेरीका आधारमा थप अनुसन्धानका लागि पक्राउ गरिएको डीएसपी शाहले बताए । दुवै जनालाई दैलेख जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमती लिई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान थालेको डीएसपी शाहले बताए ।