☰ open Loading... 21 May 2024|  

कृषकलाई एकिकृत सत्रुजिव व्यवस्थापन तालीम
  | २३ माघ २०७८, आईतवार ११:२६

दैलेख । गोठपाडा कृषक सहकारी सस्था लिमीटेड दैलेखले सहकारीमा आवद्ध ४८ कृषकलाई “एकिकृत सत्रुजिव व्यवस्थापन” तालीम दिन सूरु गरेको छ ।

सहकारीले दैलेखको नारायण नगरपालीका वडा नम्बर ४ को सोतका २४ र रातापानी टोलका २४ किसान गरी कुल ४८ जना व्यवसायीक कृषकहरुलाई तालीम दिन सूरु गरेको हो ।

यही माघ १२ गते बाट सूरु भएको १५ हप्ते तालीम अन्र्तरगत हाल प्रत्येक हप्ताको शनीबारका दिनमा सस्थाका प्राबिधीकहरुद्धारा कृषकहरुलाई तालीम प्रदान गरिदै आईरहेकोे गोठपाडा कृषक सहकारी सस्था लिमीटेडका व्यवस्थापक दिनेश थापाले जानकारी दिए ।

तालीममा कृषकहरुले उत्पादन गर्दै आईरहेका तरकारी तथा फलफुलहरुमा रसायनीक बिषादीको कम प्रयोग गरी स्थानीय साधन र श्रोत तथा स्थानीय उत्पादनलाई बृद्धी गर्ने जस्ता कुराहरुमा जोड दिईएको छ ।

तालीममा बिभीन्न जातका अन्नबाली, तरकारी तथा फलफुलको उत्पादन बृद्धी गर्ने, नर्सरी निर्माण लगाएतका कुराहरुमा कृषकहरुलाई जानकारी गराईनुका साथै आवश्यक परामर्श समेत दिने क्रम चलीरहेको बताईएको छ ।

यसअघी पनि सस्थाले यस्ताखाले थुप्रै तालीमहरु प्रदान गर्दै आईरहेको र तालीमपश्चात कृषकहरुको उत्पादनमा बृद्धी समेत हुन थालेपछि कृषकहरुको मागअनुसार उक्त तालीम प्रदान गरिएको व्यवस्थापक थापाले जानकारी दिए ।

उक्त तालीमपश्चात हालसम्म सहकारीमा आवद्ध झण्डै १ सय भन्दा बढी किसानहरु प्रत्येक्ष रुपमा लाभान्वीत भई व्यवसायीक कृर्षीमा लागेको उनले बताए ।

सहकारी सस्थाले तालीम नलीएका अन्य कृषक समुहका किसानहरुलाई पनि तालीम प्राप्त गरेका समुहहरुमा सहभागी गराई अनुभव आद्रान प्रदान गर्ने, अन्र्तरसमुह अवलोकन गराउने जस्ता कार्यहरु निरन्तर गरिरहेकाले अन्य कृषकहरु प्रभावीत भई व्यवसायीक कृर्षीखेती तर्फ आकर्षीत बन्दै गएको सस्थाका व्यवस्थापक थापाले जानकारी दिए ।