☰ open Loading... 21 May 2024|  

वैदेशिक रोजगारमा जाने बढे पनि रेमिट्यान्स घट्यो
  | २७ माघ २०७८, बिहीबार ०८:०९

काठमाडौं : वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत पुस महिनासम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख ६७ हजार ५१३ पुगेको छ । यो संख्या अघिल्लो  वर्षको सोही अवधिमा ८९.० प्रतिशतले घटेको थियोे ।

 

राष्ट्र बैंकले पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि जानेको संख्या पनि २ सय ९८ दशमलव १ बढेर १ लाख ३० हजार २ सय १२ पुगेको बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुनः श्रम स्वीकृति लिएर जानेको संख्या ७५ दशमलव ५ प्रतिशतले घटेको थियो ।

 

वैदेशिक रोजगारीमा जानेको संख्या बढे पनि रेमिट्यान्समा भने कमी आएको छ । चालु आर्थिक वर्षको पुससम्मको अवधिमा रेमिट्यान्समा ५ दशमलव ५ प्रतिशतले कमी आई ४ खर्ब ६८ अर्ब ४५ करोड कायम भएको राष्ट्र बैंकले बताएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११ दशमलव १ प्रतिशतले बढेको थियो । रेमिट्यान्समा कमी आउँदा अमेरिकी डलरमा सञ्चित ६.२ प्रतिशतले घटेर ३ अर्ब ९३ करोडमा सीमित भएको छ ।