कालिकोट । कालिकोटमा बालविवाह दर घटेर न्यून भएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार विगतमा यहाँ प्रहरीमा बालविवाह सम्बन्धी निकै उजुरी आउने गरेको तर दुई वर्षको बिचमा घटेर चारवटा मात्र उजुरी परेको जनाएको छ ।
२ वर्षमा चारवटा मात्र उजुरी
बालविवाह कानूनीरुपमा पनि दण्डनीय छ । प्रहरीमा निवेदन आएपछि कानूनी कारवाही गर्ने र बालविवाह गर्न लागेकालाई र यसमा संलग्नलाई सम्झाइबुझाइ पठाउने गरेपछि प्रहरीमा सो सम्बन्धी उजुरी घट्दै गएको प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए । गत आर्थिक वर्षमा जम्मा चारवटा उजुरी परेकोमा चालु आर्थिक वर्ष २०८० ÷८१ मा आएर शून्यमा झरेको केसीको भनाई छ । प्रमुख डिएसपी केसीकाअनुसार गत वर्षहरुको तुलनामा यस वर्ष बालविवाहको उजुरी घटेर शुन्यमा झरेको छ । उनका अनुसार बालबिवाह सम्बन्धी जिल्ला प्रहरी कार्यालयमा उजुरी नआउने गरेपनी भित्रभित्रै बालबिवाह आफन्त र गाउँमै मिल्ने गरेको देखिन्छ । पहिले भन्दा अहिले बालबिवाह घटेको देन्छि । बालविवाह गर्नु कानुनी अपराध हो भनेर पनी स्थानिय वासी जानकार छन । तर, भित्रभित्रै बालबिवाह आफन्त र गाउँलेहरु बिच हुने गरेका छन । यसलाई मुक्त गर्न भने चुनौती रहेको केसीले बताए ।
यस्तै जिल्लाको शान्नि त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र नरहरीनाथ गाउँपालिकामा बालबिवाह गर्नेको संख्यामा कमि आएको तथ्यांकले देखाएको छ ।
२०२० मा ६७ प्रतिशत रहेको बाल बिवाह २०२१ मा आएर ६१ प्रतिशतमा झरेको छ । यस्तै २०२३ मा ५१ प्रतिशतमा झरेको पछिल्लो एक तथ्यांकले देखाएको छ ।
बाल बिवाह र छिटो बिवाहको तुलनात्मक स्थितीमा कमि आएको सादा नेपालका परियोजना संयोजक दलसिंह कुमालले बताए । हामिले रास्कोट नगरपालिकाका ९ वटै वडाको बालबिवाह, छिटो बिवाहर जबजस्ती हुने बिवाहको महिला कति पुरुष कती जना, कति जना बिद्यालय बाहिर, कति जना बिद्यालयमा नियमित जान थाले औषधमा सर्वेक्षण गरेर पछिल्लो रिर्पोट सार्वजनिक गरेको छौ । ३ वर्षको बिचमा तिनवटा पालिकामा मात्र ७६ प्रतिशतबाट झरेर ५१ प्रतिशत बालबिवाह घटेको सर्वेक्षण निकालेका छौँ ।
जिल्ला बाल संञ्जालका पुर्व अध्यक्ष पुजा बिसीका अनुसार विगतको तुलनामा अहिले जिल्लामा बालविवाहको दर निरन्तर घटेर झण्डै शून्यमा पुगेको छ । अध्यक्ष बिसी भन्छन्, “विसं २०७४ मा जिल्लामा बालविवाह सम्बन्धी प्रहरी कहाँ उजुरीका घटना १२, २०७९ मा नौ र यस वर्ष शुन्यमा झरेको तथ्यंकमा उल्लेख छ ।”
गाउँगाउँमा बाल सङ्गठन, बालकलब अभियान, विभिन्न सामाजिक सङ्घसंस्थाको जनचेतनामूलक कार्यक्रम र प्रहरीको कारवाहीको कारण बालविवाह दर घटेको अध्यक्ष बिसी बताउँछन् ।
सामाजिक अभियन्ता तथा महिला अधिकारकर्मी हजार सुनार विगतमा बालविवाह हुने गाउँ क्षेत्रमा अभिभावक र गाउँलेमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि भित्रभित्रै हुने बालविवाह नियन्त्रण हुँदै गएको बताउँछिन् ।
रास्कोट नगरपालिका, शान्नि त्रिवेणी गाउँपालिका क्षेत्रमा भित्रभित्रै सबैभन्दा धेरै बालविवाह हुने शान्नित्रिवेणीको रकु, मुम्रा जस्ता गाउँ क्षेत्रमा समेत अहिले बालविवाह शून्यमा झरेको बालविवाह विरुद्धका सामाजिक अभियान्ता समेत रहेकी सुनार बताउँछिन ।
शान्नि त्रिवेणी गाउँपालिकाभित्र विगतमा भित्रभित्रै अभिभावकको मिलेमतोमा नै बालविवाह हुने गरेको भए पनि अब गाउँघरमा जनचेतना जागरण वृद्धि भएको, बालविवाह सम्बन्धी स्थानीय जनतामा कानूनी ज्ञान हुन थालेको कारण र बालविवाहविरुद्धको अभियानले अहिले बालविवाह शून्यमा झरेको सो गाउँपालिकाकी उपाध्यक्ष पार्वर्ती कुमारी सिंहले बताइन् ।
बिषेश गरी पलान इन्टरनेशनल नेपालको सहयोग र सादा नेपाल, हुरेन्डेक नेपालको प्रयाविधिक सहयोगमा पछिल्लो समय बालबिवाह गर्नेको संख्यामा कमि आएको छ । यसमा थप गाउँपालिकाले वजेट सहितको व्यवस्था गरेर केही नितिगत निर्णय समेत गरेको छ । अहिले पनी स्वमसेवक परिचालन खर्चको लागी सादा नेपालद्धारा संचालित बाल बिवाह छिटो हुने बिवाह र जबरजस्ती गरिने बिवाह रोकथामका लागी चौरानब्य हजार पाँच सय रकम साझेदारीका लागी छुटाएका छौँ ।
संघ संस्थाहरुले मात्र यस्ता खाले बिकृतिहरुलाई न्युनिकरण गर्न सक्दैनन् विषेश गरी स्थानिय सरकारले नितिगत निर्णय संगै कार्यानवयनको पाटो निरन्तर हुनु पर्ने उपाध्यक्ष सिंहको भनाई छ ।
पश्चिम नेपाल | ३० मंसिर २०८०, शनिबार ०६:४३