☰ open Loading... 24 October 2024|  

विद्युतको लापरबाहीले करेन्ट लागेर एक जना गम्भिर
पश्चिम नेपाल   | ३२ जेष्ठ २०८१, शुक्रबार १३:२६

सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको रातानाङ्लादेखी धरमपोखरा विद्युत लाइनको आरूखर्क भन्ने स्थानमा बिद्युत प्राधिकरणको लापरबाहीका कारण एउटा कुकुर र एक स्थानीय करेन्ट लागेर घाईते भएका छन् । विद्युत पोलमा करेन्ट प्रवाह हुन थालेका कारण स्थानीयहरु घाईते हुने गरेका छन् ।

घाईते हुनेमा स्थानीय लक्ष्मीदेवी शाही रहेकी छिन् । उनलको प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ । डाक्टरका अनुसार घाईते शाहीको अवस्था चिन्ताजनक रहेको छ । उनी अचेत अवस्थामा रहेकी छिन् ।

स्थानीयले विद्युत जडान गर्दा लापरबाही गरेका कारण पोलमा करेन्ट आउन थालेको दुखेसो गरेका छन् । विद्युत प्राधिकरण वितरण शाखाले घाईत शाहीको उपचार गर्नुपर्ने बताएका छन् ।

यसबारे विद्युत वितरण केन्द्र सुर्खेतले कुनै प्रतिक्रिया दिएको छैन् ।