☰ open Loading... 5 June 2025|  

अर्थ

एक वर्षमा कर्णाली ‘तुइन मुक्त’

एक वर्षमा कर्णाली ‘तुइन मुक्त’

    प्रकाशित मितिः २२ जेष्ठ २०८२, बिहीबार १३:३६
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कर्णालीलाई तुइनमुक्त बनाउने भएको छ। बुधबार कार्यवाहक प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष (२०८२/०८३) को नीति तथा कार्यक्रममा आधा घण्टाको हिँडाइ/फेरोभित्र पहुँच पुर्‍याउने गरेर झोलुङ्गे पुल निर्माण गरिने उल्लेख छ। नीति तथा कार्यक्रममा हुम्लाको सदरमुकाम सिमकोटलाई मानसरोवर तथा कैलाश प्रवेशद्वारको रूपमा विकास गरी पर्यटन प्रवर्द्धन
चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

    प्रकाशित मितिः २२ जेष्ठ २०८२, बिहीबार १३:३१
चैते धानले समर्थन मूल्य नपाउँदा यहाँका किसान चिन्तित भएका छन्। सरकारले चैते धानको समर्थन मूल्य रु दुई हजार ८७९ तोकेको भए पनि यहाँका किसान रु एक हजारदेखि एक हजार ८०० सम्ममा बेच्न बाध्य भएका छन्। धान थन्काउने समयमा समर्थन मूल्य नपाएपछि किसान निरास भएका हुन्। खैरहनी नगरपालिकाका–१० का कृष्ण अर्याल चैते धानको समर्थन मूल्य नपाएकामा खिन्न छन्। दुई बिघामा चैते धान लगाएका उनी समर्थन मूल्य नपाएपछि आग
कर्णालीमा निजी क्षेत्रलाई जलविद्युत आयोजना निर्माणमा प्रोत्साहन गरिने

कर्णालीमा निजी क्षेत्रलाई जलविद्युत आयोजना निर्माणमा प्रोत्साहन गरिने

    प्रकाशित मितिः २१ जेष्ठ २०८२, बुधबार १९:१६
कर्णाली प्रदेशको क्षेत्राधिकारभित्र २० मेगावाटसम्मको जलविद्युतको पूर्व सम्भाव्यता अध्ययन गरी सहलगानीमा निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने भएको छ । कर्णाली प्रदेश सरकारले आज प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त कुरा समावेश गरेको हो । प्रदेश प्रमुख नजिर मियाँले प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा प्रदेश सरकार, स्थानीय तह र निजी
कर्णालीको समृद्धिको आधार : जङ्गल र जडीबुटी

कर्णालीको समृद्धिको आधार : जङ्गल र जडीबुटी

    प्रकाशित मितिः २१ जेष्ठ २०८२, बुधबार १५:१६
सुर्खेत गुर्भाकोट नगरपालिका-३ टिमुरेका अर्जुनकुमार ओली अहिले ३८ वर्ष पुगे। अर्जुनलाई आफ्नो घरखर्च जुटाउनै मुस्किल थियो। रोजगारीका लागि भौतारिएका अर्जुनले कुनै रोजगारी नपाएपछि घरमा खेतीपाती गर्थे, त्यो पनि निर्वाहमुखी। घरखर्च चलाउन समस्या भएपछि उनले गाउँमै जडीबुटीको सामान्य व्यापार गर्न सुरु गरे। व्यापार गर्ने सिलसिलामा अर्जुनलाई एकजना वनविज्ञले अर्जुनको गाउँलाई टिमुरखेतीको सम्भावना देखाएपछि उनले ट
दुई लाखको बाटोमा सुन

दुई लाखको बाटोमा सुन

    प्रकाशित मितिः २१ जेष्ठ २०८२, बुधबार १३:१२
बुधबार (आज) सुनको मूल्यमा पुन: वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँ पुगेको छ। यो हिजो मंगलबारको तुलनामा ५०० रुपैयाँले बढी हो। मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको थियो। यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँ कायम भएको छ, जुन हिजोको तुलनामा ३० रुपैयाँले बढी हो
कर्णाली सरकारको खर्च ३५ प्रतिशत

कर्णाली सरकारको खर्च ३५ प्रतिशत

    प्रकाशित मितिः २० जेष्ठ २०८२, मंगलवार ०८:४२
जेठ पहिलो सातासम्म कर्णाली प्रदेश सरकारको खर्च ३५ प्रतिशत मात्र भएको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि जेठ १० गतेसम्म कर्णाली प्रदेशको खर्च प्रगति ३५.२८ प्रतिशत छ । गत वर्ष यो समयमा ३०.६७ प्रतिशत खर्च थियो । सरकारले यो वर्ष ११ अर्ब ८ करोड १७ लाख ८५ हजार खर्च गरेको छ । जेठ १० गतेसम्म कर्णाली प्रदेश सरकारको खर्च प्रगति ३५ प्रतिशत हाराहारी भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचन
ढुसी परेको पाउरोटीबारे गुनासो गर्दा ग्राहक कुटिए

ढुसी परेको पाउरोटीबारे गुनासो गर्दा ग्राहक कुटिए

    प्रकाशित मितिः २० जेष्ठ २०८२, मंगलवार ०६:३५
उदयपुरको सदरमुकाम गाईघाटमा पाउरोटीमा ढुसी परेकोबारे गुनासो गर्न जाँदा एक उपभोक्ता कुटपिटमा परेका छन्। त्रियुगा नगरपालिका-११, पुरानो गाईघाटका सुभनारायण ठाकुरले सोमबार अखाद्य वस्तु बिक्रीको विरोध गर्दा आक्रमणमा परेका हुन्। पीडित ठाकुरका अनुसार, छिमेकी २१ वर्षीय प्रशान्त चौधरी र त्रियुगा नगरपालिका-१२ बुद्धचोकका ३० वर्षीय सञ्जु चौधरीले आफूमाथि मिलेर कुटपिट गरेका हुन्। कुटपिटबाट ठाकुरको निधार, गाला
सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    प्रकाशित मितिः १९ जेष्ठ २०८२, सोमबार १६:१८
सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारीविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध रु. १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बिगो कायम गर्दै सोमबार भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागसहित विशेष अदालतमा आरोपपत्र पेश गरेको हो। सोडारीले सार्वजनिक सेवाको पदमा रहँदाका बखत २०७४ माघ ७ देखि २०
हावाहुरीले दर्जनौँ घर र संरचना क्षतिग्रस्त

हावाहुरीले दर्जनौँ घर र संरचना क्षतिग्रस्त

    प्रकाशित मितिः १९ जेष्ठ २०८२, सोमबार १०:२२
अछाममा आइतबार साँझ करिब ५ बजे आएको भीषण हावाहुरीले जिल्लाभरका विभिन्न ठाउँहरूमा क्षति पुर्‍याएको छ। पञ्चदेवल विनायक नगरपालिका र रामारोशन गाउँपालिकाका दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनाहरूमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। सबैभन्दा बढी क्षति पञ्चदेवल विनायक नगरपालिका–२ मा बसोबास गर्ने हवाजै कामीको घर वरपर देखिएको छ। बगैँचामा रहेको रुखको हाँगा भाँचिएर शौचालय र सोला
हुम्लामा दुई वटा सबस्टेसन निर्माण हुँदै

हुम्लामा दुई वटा सबस्टेसन निर्माण हुँदै

    प्रकाशित मितिः १९ जेष्ठ २०८२, सोमबार १०:११
यहाँको अदानचुलीगाउँपालिका–१ कुम्णामा ३३ केभि प्रसारण लाइन क्षमताको सबस्टेसन निर्माण हुन लागेको छ। नेपाल विद्युत् प्राधिकरणको लगानीमा उक्त सबस्टेसन निर्माण हुन लागेको हो। केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको हो। हाल हुम्लामा दुई वटा ३३/३३ केभि क्षमताका सबस्टेसन बनिरहेका छन्। सदरमुकाम सिमकोटमा र अदानचुली गाउँपालिकाको कुम्णामा निर्माण भइरहेका यी दुवै सबस्टेसन निर्मा