☰ open Loading... 5 June 2025|  

वेथिति

ढुसी परेको पाउरोटीबारे गुनासो गर्दा ग्राहक कुटिए

ढुसी परेको पाउरोटीबारे गुनासो गर्दा ग्राहक कुटिए

    प्रकाशित मितिः २० जेष्ठ २०८२, मंगलवार ०६:३५
उदयपुरको सदरमुकाम गाईघाटमा पाउरोटीमा ढुसी परेकोबारे गुनासो गर्न जाँदा एक उपभोक्ता कुटपिटमा परेका छन्। त्रियुगा नगरपालिका-११, पुरानो गाईघाटका सुभनारायण ठाकुरले सोमबार अखाद्य वस्तु बिक्रीको विरोध गर्दा आक्रमणमा परेका हुन्। पीडित ठाकुरका अनुसार, छिमेकी २१ वर्षीय प्रशान्त चौधरी र त्रियुगा नगरपालिका-१२ बुद्धचोकका ३० वर्षीय सञ्जु चौधरीले आफूमाथि मिलेर कुटपिट गरेका हुन्। कुटपिटबाट ठाकुरको निधार, गाला
सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    प्रकाशित मितिः १९ जेष्ठ २०८२, सोमबार १६:१८
सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घ बहादुर सोडारीविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध रु. १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ ५७ पैसा बिगो कायम गर्दै सोमबार भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागसहित विशेष अदालतमा आरोपपत्र पेश गरेको हो। सोडारीले सार्वजनिक सेवाको पदमा रहँदाका बखत २०७४ माघ ७ देखि २०
पक्राउ परेका रायले करिब २५० करोड घोटाला गरेको आरोप

पक्राउ परेका रायले करिब २५० करोड घोटाला गरेको आरोप

    प्रकाशित मितिः १८ जेष्ठ २०८२, आईतवार १४:०५
करिब २५० करोड रुपैयाँ बराबरको बैंकिङ्ग घोटालामा संलग्न रहेको आरोपमा कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका तत्कालीन संस्थापक सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र वीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले रायलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९, बेलहियाबाट पक्राउ गरेको हो । सीआईबीले जेठ १७ गते उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको ज
४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोपमा  कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

४ अर्ब ९० करोड रुपैयाँ अपचलन गरेको आरोपमा कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

    प्रकाशित मितिः १८ जेष्ठ २०८२, आईतवार १०:५५
बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का एसएसपी होबिन्द्र बोगटीले उनलाई नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट शनिबार पक्राउ गरेको बताए । सीआईबीले नेपाल–भारत सिमानाबाट पक्राउ गरेको भने पनि उनलाई भारतीय भूमिबाट पक्राउ गरेको स्रोतको भनाइ छ । सीआईबीका अनुसार उनलाई म्याद थप
एक करोड बढी राजस्व छलीको आरोपमा मुद्दा दायर

एक करोड बढी राजस्व छलीको आरोपमा मुद्दा दायर

    प्रकाशित मितिः १५ जेष्ठ २०८२, बिहीबार ०७:०६
राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा रुपन्देहीको सुन्दर प्लाईउड सेन्टरका प्रोप्राइटर आकाश अग्रहरीविरुद्ध आज उच्च अदालतमा मुद्दा दायर गरेको छ। राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २० (६) बमोजिम एक करोड बढी कर छलीको आरोपमा मुद्दा दायर गरिएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन्। अग्रहरीले सञ्चालन गरेको पसल तथा गोदामको खानतलासी तथा मालवस्
जाजरकोटमा गाउँपालिकाको नक्कली छाप र लेटरप्याड प्रयोग गरी राजस्व सङ्कलन आरोपमा दुई जना पक्राउ

जाजरकोटमा गाउँपालिकाको नक्कली छाप र लेटरप्याड प्रयोग गरी राजस्व सङ्कलन आरोपमा दुई जना पक्राउ

    प्रकाशित मितिः ८ जेष्ठ २०८२, बिहीबार १०:५४
जाजरकोटको जुनीचाँदे गाउँपालिकाको नक्कली छाप, लेटरप्याड र नगदी रसिद बनाएर अवैध रूपमा राजस्व सङ्कलन आराेपमा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुनीचाँदे गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय पारस शाही र सोही गाउँपालिकाको वडा नम्बर ११ का २१ वर्षीय यज्ञेश्वर बहादुर शाही रहेका छन् । इलाका प्रहरी कार्यालय वडावन र प्रहरी चौकी जुनिचाँदेको संयुक्त टोलीले छेडागाड नगरपालिका वडा नम्बर ६ राहदेउस्थित स
अध्यागमनसहित थप ३ ठाउँमा अख्तियारको छापा

अध्यागमनसहित थप ३ ठाउँमा अख्तियारको छापा

    प्रकाशित मितिः ८ जेष्ठ २०८२, बिहीबार ०६:३७
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयसँगै थप ३ ठाउँमा छापा मारेको छ । ट्राभल एजेन्सी र एउटा मेनपावर सञ्चालकको कार्यालयमा छापा मारेर कागजात र ‘डिभाइस’ जफत गरिएको अख्तियारका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । बिचौलियासँग मिलेर भिजिट भिसामा विदेश जानेहरूबाट रकम असुल्ने गरेको आरोपमा नियन्त्रणमा लिइएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) तीर्
कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ

कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ

    प्रकाशित मितिः ६ जेष्ठ २०८२, मंगलवार १६:१६
कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । उनी विद्युतीय अपराध सम्बन्धी कसुरमा पक्राउ परेका हुन् । उनीविरुद्ध रुपन्देही जिल्ला अदालतले जेठ १ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएपछि उनी केही दिन फरार भएका थिए । आज भने उनी आफैं हाजिर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डीएसपी सुरज कार्कीले बताए । उनलाई इलाका प्रहर
राजस्व चुहावट कसुरमा डेढ करोड माग दाबीसहित दुईविरुद्ध मुद्दा दायर

राजस्व चुहावट कसुरमा डेढ करोड माग दाबीसहित दुईविरुद्ध मुद्दा दायर

    प्रकाशित मितिः २ जेष्ठ २०८२, शुक्रबार ११:४७
राजस्व अनुसन्धान विभागले राजस्व चुहावट सम्बन्धी कसुरमा शुभलक्ष्मी अटो लिंक प्रालिका प्रोप्राइटर जगन्नाथ खनाल र दधिराम खरेलविरुद्ध मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान कार्यालय बुटवल मार्फत राजस्व चुहावट सम्बन्धी कसुरमा अनुसन्धान पूरा गरी विभागले उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा मुद्दा दायर गरेको जनाएको छ । विभागका अनुसार खनाल र खरलेलाई ७२ लाख ११ हजार ३ सय रुपैयाँ बिगो र शतप्रतिशत जरिबाना
५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ

५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ

    प्रकाशित मितिः २ जेष्ठ २०८२, शुक्रबार ११:३६
सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर घुससहित पक्राउ परेका छन् । महोत्तरीको भंगहा नगरपालिका–२ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने ४२ वर्षीय सन्तोष कुमार यादवलाई प्रहरीले ५ लाख ७० हजार घुससहित पक्राउ गरेको हो । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ स्थित एक रेस्टुरेन्टबाट उनलाई घुससहित बिहीबार पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले