☰ open Loading... 24 June 2025|  

Author: Paschim Nepal

शिक्षा अधिकारी हमाललाई अभिनन्दन

शिक्षा अधिकारी हमाललाई अभिनन्दन

    प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार १९:१३
  सुर्खेतका जिल्ला शिक्षा अधिकारी दीपा हमाललाई नागरिक अभिनन्दन गरिएको छ । सुर्खेत महिला जेसीजले बिहीबार वीरेन्द्रनरमा उत्कृष्ट नागरिक अभिनन्दन गरेको हो । हामाललाई बजार परिक्रमा गराइएको थियो । तस्वीर सुशील
विद्यार्थीलाई नियमित गर्न अभिभावकलाई सहयोग

विद्यार्थीलाई नियमित गर्न अभिभावकलाई सहयोग

    प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार १८:५७
चन्द्रसूर्य प्राथमिक विद्यालय रकू– ३, मा कक्षा ३ मा अध्ययनरत मीना सार्की विद्यालयमै विद्यालयको पोशाक पाए पछि निकै खुशि देखिन्थिन् । विद्यालयले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराए पनि ति किताब बोक्ने झोलाको अभाव झेलिरहेकी मीनाले स्कूल ड्रेससहित कापी, कलम र प्राथमिक तहमा आवश्यक पर्ने अन्य शैक्षिक सामाग्री पाए पछि उनको अनुहारमा खुशीको तरङ्ग दौडिरहेको थियो । ‘अब त म सधै स्कूल आउँछु र सरले भन्नु भएको स
आंगिक क्याम्पस बनाउन दौडधुप

आंगिक क्याम्पस बनाउन दौडधुप

    प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार १८:४८
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अछाम जिल्लाको शैक्षिक, आर्थिक र भौतिक विकासका लागी आफु सकारात्मक भएको वताएका छन् । अछाम बहुमुखी क्याम्पसलाई सुदुरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन डेलिगेसनसहित काठमाडौ गएको टोली समक्ष यस्तो बताएका हुन् । प्रधानमन्त्री कार्यालय काठमाडौं पुगेका अछाम बहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष पदम वोहराका अनुसार माग पत्र वुझाएको छ । टोलीले काँग्रेस सभ
चट्याङ्ग लागेर पशुचौपायाको मृत्यु

चट्याङ्ग लागेर पशुचौपायाको मृत्यु

    प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार १८:३२
जाजरककोटको अर्छानी १ भौतामा चट्याङ्ग लागेर तीन ओटा पशु चौपायको मृत्यु भएको छ । मदन बहादुर वुढाको घर नजिकै गोठमा वाधिएका दुई गोरु र एक गाई चट्याङ्ग लागेर बुधवार राती मृत्यु भएको स्थानिय गोरख वहादुर सिंहले वताए । बाँधिएको ठाँउमै चट्याङ्ग परेपछि ति चौपायको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मध्यपहाडी राजमार्गमै राजनीति

मध्यपहाडी राजमार्गमै राजनीति

    प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार १६:४०
आ–आफ्नो पायक पर्ने स्थानबाट सडक लैजाने दबाब बढेपछि राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गको रेखांकनमै समस्या सिर्जना भएको छ । रेखांकनमा विवाद बढेपछि पश्चिम खण्डको दैलेख, जाजरकोट लगायतका जिल्लामा आयोजनाले गति लिन नसकेको हो । राष्ट्रिय यातायात नीति ०५८ मा पूर्व–पश्चिम राजमार्गको विकल्पको रुपमा नेपालको मध्यपहाड हुँदै पूर्व–पश्चिम जोड्न सडक निर्माण गर्न योजना अनुरुप सरकारले आव ०६४- ६५ देखि पुष्पलाल (मध्
जुस पिउँदा ख्याल गर्नुस्, रियोमा भेटियो किरा

जुस पिउँदा ख्याल गर्नुस्, रियोमा भेटियो किरा

    प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार १४:०९
गर्मीमा शीतलता र  शक्ति दुबै पाउने आशमा जूस खादा किरा खाईयो भने तपाई के गर्नुहुन्छ ? बुधबार नया बसपार्कमा यस्तै भएको छ । स्वास्थ्यलाई लाभ पुर्याउने भनेर ब्यापक बिज्ञापन गरिने एक पेय पदार्थमा किरा भेटिएको छ । चौधरी ग्रुपद्वारा उत्पादित रियो नाम गरेको एक पेय पदार्थमा किरा भेटिएको हो ।   गोंगबू , नयाबसपार्कको एक किराना स्टोर्सबाट रियो जूस किनेर खाएका मिलन लामाले किरा भेटेपछि अब कहिल्यै जूस नखा
किन बदलियो काईलीको भूमिका ?

किन बदलियो काईलीको भूमिका ?

    प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार १३:४१
एक समयको चर्चित टेलिश्रृंखला झ्याईकुटी झ्याईकी ‘काईली’ अचेल फरक भूमिकामा छिन् । झण्डै सात वर्ष ‘काईली’ का रुपमा टेलिसिरियलमा छाएकी नन्दा बस्याल मौलिक लोक नृत्य निर्देशनमै व्यस्त हुन्छिन् । राजधानी होस् या मोफसलमा सुटिङ हुने म्युजिक भिडियोको नृत्य निर्देशनमा उनी सबैको रोजाईमा पर्छिन् । आफ्नै नेतृत्वको संस्था ‘सिस्टर नेपाल’ ले आयोजना गर्न लागेको तीज विशेष कार्यक्रमका लागि केही दिन अघि जन्मथलो

पुरुष सरह काम गर्दै अछामका महिला

    प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार १३:००
  मंगलसेनकी रत्ना ढुङ्गाना घर प्लाष्टरको काम गरेर दैनिक ३ सय देखी ५ सय रुपैया सम्म कमाउनुहुन्छ । ज्यामी काम गर्दा १ सय ५० मात्र ज्याला थियो । सँगै ज्यामी काम गर्ने पुरुषले २ सय ५० पाउँथे । चित्त बुझ्दैनथ्यो तर चुप लाग्नुको विकल्प थिएन । उहाँले भन्नुभयोः– अहिले प्लाष्टरको काममा ज्याला विभेद छैन । अहिले रत्नाले पनि त्यति नै कमाउनुहुन्छ जति अरु पुरुषले कमाउँछन् । अहिले घर प्लास्टर गर्ने सम्मक
अनुमति नलिएका सडकमा यातायात संचालनमा रोक

अनुमति नलिएका सडकमा यातायात संचालनमा रोक

    प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार १२:०९
जाजरकोट—डोल्पा सडक खण्डको खगेनकोट बगर—तल्लुबगर सडकमा यातायात सेवा बन्द भएपछि यात्रुहरु मर्कामा परेका छन् । रुटपरमिट नभएको भन्दै स्थानिय प्रशासनले यातायात संचालनमा रोक लगाएपछि मंगलवार देखी त्यस सडक खण्डमा यातायात सेवा बन्द भएको छ । जाजरकोट – डोल्पा सडकको खगेनकोट बगर— तल्लुबगरसम्मको खण्डमा संचालन हुदै आएका १२ ओटा जीप र ५ ओटा ट्याक्टरलाई चल्न रोक लगाएको जाजरकोट प्रहरीले जनाएको छ । विभागको अस

‘पूर्वाधार विकासले मात्र आर्थिक उन्नती’

    प्रकाशित मितिः ९ भाद्र २०७३, बिहीबार ११:४४
स्थानीय निकाय पुनःसरंचना वहस स्थानीय निकायको पुनःसरचनाको वहस चलिरहेका बेला बाँकेका उद्योगि व्यवसायीले ति संरचनाको आर्थिक मजबुतिका लागि पूर्वाधार विकासमा जोड दिएका छन् । पूर्वाधार विकास गर्न सकियो भने लगानीकर्तालाई पनि सहज हुने, विकासमा स्थानीयको पहुँच र सहभागिता बढ्ने भएकाले त्यसखालको वातावरण बनाउनेतर्फ सम्वद्ध निकायले ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ । गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाको प