☰ open Loading... 17 May 2024|  

Author: Paschim Nepal

नेपाल बन्दको प्रभाव ः बाँकेको बैजनाथमा सरकारी गाडीमा तोडफोड

नेपाल बन्दको प्रभाव ः बाँकेको बैजनाथमा सरकारी गाडीमा तोडफोड

    प्रकाशित मितिः ४ फाल्गुन २०७८, बुधबार १२:४८
गणेश रावत, कोहलपुर ः नेपाल बन्दको प्रभाव कोहलपरमा पनि परेको छ । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको बन्दका कारण यातायात सेवा र शिक्षण संस्था प्रभावित भएका हुन् । पूर्व पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको बैजनाथमा आज बिहान एउटा सरकारी गाडीमा बन्दकर्ताले तोडफोड गरेका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरकाअनुसार सुदुरपश्चिम प्रदेशको कृषि मन्त्रालयको स्कारपियो गाडीलाई बन्दकर्ताले तोडफोड गरेका हुन
अनलाइनको माध्यमबाट हुने ठगीबाट बच्न आग्रह

अनलाइनको माध्यमबाट हुने ठगीबाट बच्न आग्रह

    प्रकाशित मितिः ४ फाल्गुन २०७८, बुधबार ०५:२६
काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले अनलाइनको माध्यमबाट हुने ठगीबाट बच्न आम नागरिकलाई आग्रह गरेको छ ।ब्युरोले आज एक विज्ञप्ति जारी गरी पछिल्लो समय विद्युतीय आर्थिक कारोबार बढिरहेको अवस्थामा सामाजिक सञ्जालबाट ठगी हुने क्रम बढेकोले यसबाट जोगिन सबैलाई आग्रह गरेको हो । ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले विभिन्न किसिमका चिट्ठा परेको र पैसा लिनका लागि ट्याक्स तिर्नुपर्ने भन्
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत चार हजार १५७ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत चार हजार १५७ विद्यालय छनोट

    प्रकाशित मितिः ४ फाल्गुन २०७८, बुधबार ०५:२०
      काठमाडाैं : सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमादेशभरका चार हजार १५७ विद्यालय छनोट गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेकाे बैठकले प्राप्त आवेदनका आधारमा सार्वजनिक विद्यालय छनोट गरेको हो । छानिएकामध्ये चारकोठे भवन ९७६, दुईकोठे भवन ९६६, आइसिटी ल्याब व्यवस्थापन दुई हजार १०६, प्राविधिक ल्
कर्णाली सरकार र प्रतिपक्षबीच सम्झौता विपरित कार्यान्वयन हुँदै ‘टुक्रे योजना’

कर्णाली सरकार र प्रतिपक्षबीच सम्झौता विपरित कार्यान्वयन हुँदै ‘टुक्रे योजना’

    प्रकाशित मितिः ४ फाल्गुन २०७८, बुधबार ०५:१३
कर्णाली प्रदेश सरकार र प्रतिपक्ष दल नेकपा एमालेबीच अवरुद्ध संसद सुचारु गर्न भएको माघ १८ गते भएको सहमति अनुसार १५ लाख मुनिका टुक्रे योजना कार्यान्वयन नगर्ने रहेको थियो। तर, अधिकांश साना टुक्रे योजना कार्यान्वयन चरणमा गईसकेका छन्। कर्णाली प्रदेशका केही जिल्लामा बाहेक प्राय जिल्लामा त्यस्ता साना योजना कार्यान्वयनमा गईसकेका हुन्। जसले गर्दा सरकार र प्रतिपक्षबीचको सहमति कार्यान्वयन नहुन
गृहमन्त्रालयद्वारा देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन

गृहमन्त्रालयद्वारा देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन

    प्रकाशित मितिः ४ फाल्गुन २०७८, बुधबार ०५:०८
काठमाडौं । सरकारले कानून विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाई देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गरी देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई त्यस्तो निर्देशन दिएको हो ।
थप ६८० जनामा कोरोना पुष्टि

थप ६८० जनामा कोरोना पुष्टि

    प्रकाशित मितिः ४ फाल्गुन २०७८, बुधबार ०५:०५
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ९५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ४ हजार २५६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ९८ जना र २ हजार ८३९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ८२ जनामा
दैलेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु,६जना घाइते

दैलेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु,६जना घाइते

    प्रकाशित मितिः ३ फाल्गुन २०७८, मंगलवार २१:०७
दैलेख- दैलेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दैलेख सदरमुकाम देखि महाँबु गाँउपालिका कासिकाध जादै गरेको बागमती प्रदेश ०१-०२६ च ५२६४ नम्बरको बोलेरो जिप मंगलबार साझ साढे ६बजेतिर महाबु गाउँपालिका वडा नं–४ फागुमा भएको दुर्घटना भएको हो। दुर्घटनामा परि ४० वर्षीय राम बहादुर हमाल मृत्यु भएको दैलेख प्रहरी प्रमुख भुवनेश्वर प्रसाद साहले जानकारी दिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ
दैलेख प्रहरीद्वारा २१ किलो चाँदीका गरगहना बरामद

दैलेख प्रहरीद्वारा २१ किलो चाँदीका गरगहना बरामद

    प्रकाशित मितिः ३ फाल्गुन २०७८, मंगलवार १६:०७
    दैलेख -अवैध चाँदीका गरगहनासहित दुई जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको टोलीले २१ किलो चाँदीका गरगहना सहित दुई जनालाई पक्राउ गरेको छ । सुराकीले दिएको सुचनाको आधारमा सुर्खेतबाट दैलेख आउँदै गरेको भे १ च ३२१३ नम्बरको डबल क्याप बोलेरोमा रोकेर चेकजाच गर्ने क्रममा २१ किलो चाँदीका गरगहना करिब५५ लाख ४० हजार एक सय ३९ रुपैया बराबरको सामाग्री बरामद गरिएको दैलेख प्रह
दाङका बेपत्ता परिवारलाई वडाले घर बनाइ दिने

दाङका बेपत्ता परिवारलाई वडाले घर बनाइ दिने

    प्रकाशित मितिः ३ फाल्गुन २०७८, मंगलवार ०५:४१
दाङ। जनयुद्धको क्रममा बेपत्ता पारिएका एक परिवालाई वडा कार्यालयले घर निर्माण गरिदिने भएको छ ।घोराही उपमहानगरपालिका वडा नं. १४ ले जनयुद्धका क्रममा बेपत्ता पारिएको परिवारकी सितली मगरको घर निर्माण कार्य सुरु गरेको हो । जनयुद्ध दिवसको सन्दर्भमा घर निर्माणको शिलान्यास गरिएको हो । १० बर्से जनयुद्ध तथा बेपत्ता असहाय परिवारको आवास निर्माण कार्यक्रम अन्तर्गत ६० वर्षीया मगरलाई ७ लाखको लागतमा घर नि
१९ जना महिलालाई मेसिनरी औजार

१९ जना महिलालाई मेसिनरी औजार

    प्रकाशित मितिः ३ फाल्गुन २०७८, मंगलवार ०५:२९
वीरेन्द्रनगर : सुर्खेतको  भेरिगंगा नगरपालिकाका १९ जना महिला उद्यमीलाई मेसिनरी औजारहरु सहयोग गरिएको छ  । पालिकाको् उद्योग विकास शाखाले १९ जना महिलाहरुलाई विभिन्न मेसिनरी औजारहरु सहयोग गरेको हो । गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्तर्गत भेरिगंगा नगरपालिका–६,७, ८ र १२ का महिलाहरुलाई ट्रयाक्टर सिलाई कटाई मेसिन तथा बुटिक तान सहयोग गरिएको छ । महिलाहरुलाई सिप प्रदान गरी आर्यआर्जनमा वृ