☰ open Loading... 30 April 2024|  

Author: Paschim Nepal

कर्णालीमा मन्त्रिपरिषद् विस्तार : को-को बने मन्त्री ?

कर्णालीमा मन्त्रिपरिषद् विस्तार : को-को बने मन्त्री ?

    प्रकाशित मितिः २४ माघ २०७८, सोमबार ०५:३६
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनको सिफारिसमा प्रवेश प्रमुख तिलक परियारले ५ जनालाई मन्त्री नियुक्त गरेका भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री पदमबहादुर रोकाय, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ दमडुल लामा, जलस्रोत तथा उर्जामन्त्री गणेशप्रसाद सिंह, सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी र आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर
जुम्लामा हिउँमा फसेका ५५ जनाको हेलिकोप्टरमा उद्धार गरिँदै

जुम्लामा हिउँमा फसेका ५५ जनाको हेलिकोप्टरमा उद्धार गरिँदै

    प्रकाशित मितिः २४ माघ २०७८, सोमबार ०५:२९
      जुम्ला : कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरुको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाउन लागेको हो । मुख्यमन्त्री शाहीले हेलिकोप्टर जाजरकोट र जुम्लाको सीमामा रहेको ग्राग्रा पाटन पठाउन थालेको जानकारी
कर्णालीका ३ सय ६८ उद्योग, पसलमा अनुगमन

कर्णालीका ३ सय ६८ उद्योग, पसलमा अनुगमन

    प्रकाशित मितिः २४ माघ २०७८, सोमबार ०५:२७
वीरेन्द्रनगरमा रहेको  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सुर्खेतसहित दैलेख, जाजरकोट लगायतका जिल्लाहरुमा उपभोक्ताहरु प्रत्यक्ष जोडिने ३ सय ६८ उद्योग, पसल, होटल लगायतमा अनुगमन गरेको छ। कार्यालयका अनुसार खाद्य उद्योग, सुपरमार्केट, होटल, रेष्टुरेन्ट, मिठाई पसलदेखि उद्योगहरुमा अनुगमन गरिएको हो। अनुगमन गरिएको पसल तथा उद्योगहरुमा खाद्य उद्योग ४५ वटा, पसल र सुपरमार्केट २६८ वटा, होटल रेष्टुरेन्ट
थप १हजार३सय८६ जनामा संक्रमण

थप १हजार३सय८६ जनामा संक्रमण

    प्रकाशित मितिः २४ माघ २०७८, सोमबार ०५:२५
काठमाडौं :  पछिल्लो २४ घण्टामा कोरोना संक्रमित घटेर १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएकोमा ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा आठ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्य
काँक्रेविहारमा फेरि नक्साङ्कन गरिँदै

काँक्रेविहारमा फेरि नक्साङ्कन गरिँदै

    प्रकाशित मितिः २३ माघ २०७८, आईतवार १९:२८
सुर्खेत -नेपालको एक मात्र संरक्षित वन काँक्रेविहार संरक्षित वन क्षेत्रको आजदेखी पुनः नक्सांकन शुरु गरिएको छ।वन क्षेत्रको भूभाग अतिक्रमणमा पर्न थालेको भन्दै जिल्ला वन क्षेत्र समन्वय समितिले काँक्रेविहार वन क्षेत्रको पुनः नक्सांकन गर्ने निर्णय गरेको हो। डिजिजनल वन अधिकृत मुनबहादुर रावतले अवको एक महिना भित्र काँक्रेविहार क्षेत्रको नक्साँकनको काम सकिने जानकारी दिए।यसपटक अत्याधुनिक उपकरणबाट काँक्रेव
कृषकलाई एकिकृत सत्रुजिव व्यवस्थापन तालीम

कृषकलाई एकिकृत सत्रुजिव व्यवस्थापन तालीम

    प्रकाशित मितिः २३ माघ २०७८, आईतवार ११:२६
दैलेख । गोठपाडा कृषक सहकारी सस्था लिमीटेड दैलेखले सहकारीमा आवद्ध ४८ कृषकलाई “एकिकृत सत्रुजिव व्यवस्थापन” तालीम दिन सूरु गरेको छ । सहकारीले दैलेखको नारायण नगरपालीका वडा नम्बर ४ को सोतका २४ र रातापानी टोलका २४ किसान गरी कुल ४८ जना व्यवसायीक कृषकहरुलाई तालीम दिन सूरु गरेको हो । यही माघ १२ गते बाट सूरु भएको १५ हप्ते तालीम अन्र्तरगत हाल प्रत्येक हप्ताको शनीबारका दिनमा सस्थाका प्राबिधीकहरुद्धारा क
‘अधिकार–२ परियोजना’ परिचय कार्यक्रम र सञ्जाल गठन

‘अधिकार–२ परियोजना’ परिचय कार्यक्रम र सञ्जाल गठन

    प्रकाशित मितिः २३ माघ २०७८, आईतवार ०५:५४
दैलेख – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतले दैलेखमा मानव अधिकार सवाल प्रवद्र्धन गर्न दुल्लू नगरपालिका र आठबीस नगरपालिकामा स्थानीय अधिकारकर्मी र सामाजिक अभियन्ताहरुको नेतृत्वमा चार ओटा मानव अधिकार रक्षक सञ्जाल गठन गरेको छ । ‘अधिकार–२ परियोजना’ अन्तरगत मानव अधिकारका विभिन्न क्षेत्रलाई एकीकृत रुपमा प्रभावकारी रुपमा उठाउदै उपेक्षित, उत्पीडित र पिछडिएको जाति, वर्ग,
छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

    प्रकाशित मितिः २३ माघ २०७८, आईतवार ०५:३१
सल्यान — सल्यानमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको दार्मा गाउँपालिका र शारदा नगरपालिकामा भएका घटनामा दुई जनाको मृत्यु भएको हो । दार्मा गाउँपालिका ३ डाँडागाउँमा रुखबाट लडेर ६८ वर्षीय लबे खत्रीको शुक्रबार मृत्यु भएको हो । दार्मा गाउँपालिका ३ डाँडागाउँस्थित रुखबाट लडेर गम्भीर घाइते भएका खत्रीको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।  
भाडाका घरमा स्थानीय सरकार

भाडाका घरमा स्थानीय सरकार

    प्रकाशित मितिः २३ माघ २०७८, आईतवार ०५:२७
सुर्खेत: अहिलेसम्म कतिपय स्थानीय तह भाडाकै घरमा छन् । भाडाका घरबाट व्यवस्थित सेवा प्रवाहमा समस्या भइरहेको पालिकाहरूले जनाएका छन् । बजेट र जग्गाको अभावमा स्थानीय सरकारले आफ्नै भवन बनाउन नसकेका हुन् । प्रशासनिक तथा विषयगत कार्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार नभएपछि पालिकाहरूले दिने सेवा गुणस्तरीय र व्यवस्थित हुन सकेको छैन । स्थानीय सरकारलाई पूर्वाधार अभावमा सेवा प्रवाहमा चुनौती भइरहेको हो
हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

    प्रकाशित मितिः २३ माघ २०७८, आईतवार ०५:२४
जुम्ला । भारी हिमपातका कारण अवरुद्ध जुम्लाको हवाई सेवा सञ्चालनमा आएको छ । बिहीबार साँझदेखि भएको भारी हिमपातले धावनमार्गमा बाक्लो हिउँ जमेपछि जुम्लामा विगत तीन दिन देखि हवाई सेवा अवरुद्ध भएको थियो । जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा सुरक्षाकर्मी, नागरिक, कर्मचारीको सहभागितामा धावनमार्गमा जमेको हिउँ पन्छाए लगत्तै शनिवार नै जुम्लामा हवाई सेवा सञ्चालनमा आएको हो । शनिवार नै हिउँ पन्छाएर सकिने